मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ प्रावधान अनुसार नागरिकता लिनेको सङ्ख्यामा दैनिक वृद्धि

कम्तीमा तीन महिनाभित्र वितरण गरेर सक्ने प्रशासनको लक्ष्य
बिहीबार, १४ असार २०८०, ०९ : ५१
बिहीबार, १४ असार २०८०

बुटवल । नागरिकता ऐन कार्यान्वयन आएपछि लुम्बिनी प्रदेशका तराईका जिल्लाहरूमा नागरिकता लिनेहरूको सङ्ख्या दैनिक रूपमा वृद्धि हुँदै गएको छ । ऐन कार्यान्वयनको आएको सुरुको दिनदेखि बुधवारसम्म जन्मसिद्ध अधिकारको नाताले नागरिकता लिन आउनेहरूको सङ्ख्या वृद्धि भएको पाएको छ ।  

लुम्बिनी प्रदेशका तराईका जिल्लाहरू रुपन्देही, कपिलवस्तु, नवलपरासी जिल्ला नागरिकता लिनेहरू लाइन दैनिक रूपमा वृद्धि भएको छ ।   

लामो समयदेखि नेपालमा बसोबास गरेको परिवारका सदस्यहरूले अहिले नागरिकता लिनको लागि स्थानीय तहको सिफारिसमा आधारमा प्रशासन कार्यालयमा आउने गरेका छन् । उनीहरूका बुवा आमाले यसअघि नै नेपाली नागरिकता पाएका थिए ।  

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले नयाँ प्रावधानमा नागरिकता लिनेहरूको दैनिक रूपमा वृद्धि हुँदै गएको रातोपाटीलाई बताए । 

रुपन्देहीमा ४ सय १५ जनाले नागरिकता लिएका छन् । रुपन्देहीमा जिल्ला प्रशासन कार्यालय,इलाका प्रशासन कार्यालय बुटवल र इलाका प्रशासन कार्यालय मझगवावाट नागरिकता वितरण हुने गरेको छ । 

रुपन्देहीमा नयाँ प्रावधान अनुसार २५ हजारले नागरिकता लिने आङ्कलन जिल्ला प्रशासन कार्यालयको रहेको छ ।उनीहरूलाई करिब ३ महिना भित्र नागरिकता वितरण गरेर सक्ने योजनामा प्रशासन कार्यालय रहेको छ । 

प्रमुख जिल्ला अधिकारी पाण्डेले स्थानीय तहबाट आलोपालो आधारमा आउने सिफारिस अनुसार सहज रूपमा  नागरिकता प्रदान गर्ने व्यवस्था तिनै ठाउँबाट  मिलाइएको बताए । जिल्ला प्रशासन कार्यालय दैनिक २ सयदेखि २५० जना सम्मलाई नागरिकता वितरण गर्न सक्ने क्षमता रहेको छ । त्यही अनुसार लाइनको व्यवस्था मिलाएको छ । 

रुपन्देहीको सिद्धार्थ नगरपालिका वार्ड७ का जाकिन खाँले २४ वर्षको  उमेरमा  नागरिकता सहज रूपमा पाएको खुसी लागेको बताए । 

उनले बुवा आमा केही वर्ष अगाडि नागरिकता पाए पनि आफूले बल्ल  नागरिकता पाएसँगै आफ्नो लागि बल्ल नेपालमा अवसर खुलेको बताए । 

सुरुको दिनमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा नयाँ ऐनका आधारमा नागरिकता लिने सङ्ख्या शून्य रहे पनि पछिल्ला दिनमा वृद्धि हुँदै गएको प्रमुख जिल्ला अधिकारी शंकरहरी आर्चायले रातोपाटीलाई बताए । 

कपिलबस्तुमा जिल्ला प्रशासन कार्यालयसँगै इलाका प्रशासन कार्यालय चन्द्रैटा र इलाका प्रशासन कार्यालय वाढगंगाबाट वितरण हुने गरेको छ ।

कपिलवस्तुमा आजसम्म १ सय ५ जनाले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासन कार्यालयमा भिडभाड कम गर्नको लागि टोकन वितरणको योजना बनाएको प्रमुख जिल्ला अधिकारी आर्चायले बताए । उनले भर्ने अहिले सम्म ठुलो भिड छैन । सामान्य दैनिक २०,२२ जना सरदरमा देखिन्छ।,भिड भएका हामी व्यवस्थापन गर्ने छौ । कपिलवस्तुमा जिल्ला जन्मसिद्ध आधारमा ४ हजार ९ सय ८० जना लिएका थिए।अहिले १५ हजारले लिने अनुमान जिल्ला प्रशासन कार्यालयले गरेको छ ।

नवलपरासी जिल्लामा पनि नयाँ प्रावधान अनुसारको नागरिकता लिने संस्था वृद्धि हुँदै आएको छ । नवलपरासी जिल्ला प्रशासन कार्यालय र  इलाका प्रशासन कार्यालय गरी हाल सम्म २९४ जनाले नागरिकता लिएका छन् ।

प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जिल्ला प्रशासन कार्यालयमा  दैनिक वृद्धि हुन थालेपछि अनलाइन सिस्टमबाट दैनिक ८० जनालाई नयाँ प्रावधानको अनुसारको नागरिकता वितरण गर्ने योजना रहेको बताए। यहाँ करिब २० हजार नागरिकता २ महिना भित्र वितरण गर्ने लक्ष्य राखिएको छ ।

बिदा पनि नागरिकता वितरणको कार्य जारी 

आज मुसलमान समुदायको पर्व इदको अवसरमा सरकारले बिदा दिए पनि यहाँका प्रशासन कार्यालयहरूले नागरिकता वितरणलाई जारी राख्ने जनाएका छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सबै ठाउँबाट नागरिकता वितरण कार्य जारी रहने रातोपाटीलाई बताए । उनले बिस्तारै नागरिकता लिनेहरूको सङ्ख्या वृद्धि भएकोले उनीहरूलाई बिदा पनि सेवा दिने उद्देश्य वितरण कार्य जारी राख्ने बताए । कपिलवस्तु,नवलपरासीमा पनि नागरिकता वितरणको कार्य जारी रहने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप