प्रदेशसभाबाट निस्किए मुख्यमन्त्री र मन्त्रीहरू, बैठकमा आउने सभामुखको विश्वास
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा राखेको विश्वासको प्रस्तावमाथिको छलफल सकिएको छ । उक्त छलफल सकिएसँगै आधा घण्टाका लागि स्थगित भएको प्रदेशसभाको बैठक अझै सुरु भएको छैन ।
विश्वासको प्रस्तावमाथि छलफलमा सहभागी नेताहरूको जवाफ दिनुपर्ने भएपनि मुख्यमन्त्री कार्कीसहित मन्त्रीहरू प्रदेशसभाबाट बाहिरिएका हुन् ।
सभामुख बाबुराम गौतमले मुख्यमन्त्रीले आधा घण्टाको समय मागेकाले आफूले समय दिएको बताए । ‘उहाँले समय माग गरेकै कारण आधा घण्टाका लागि बैठक स्थगित गरिएको हो । उहाँ आउनुहुन्छ भन्ने आशामै छौँ । समय गुज्रिन लाग्यो,’ सभामुख गौतमले भने ।
प्रदेशसभाको बिहीबारको बैठकमा बोल्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (एस)ले सरकारले राखेको विश्वासको मतको प्रस्तावमा समर्थन गर्न नसकिने बताएका छन् । एमाले र राप्रपाले भने प्रस्तावको पक्षमा बोलेका थिए । १ सांसदमात्रै रहेको जनता समाजवादी पार्टी भने तटस्थ बसेको छ ।
प्रदेशसभा बैठकमा विश्वासको मतको पक्ष र विपक्षमा मतदान गराउने सभामुखको तयारी छ । स्रोतले दिएको जानकारी अनुसार मुख्यमन्त्रीले भोलिको समय माग गरेका थिए ।
सभामुखले नमानेपछि मुख्यमन्त्रीले राजीनामा दिने कि भन्ने विषयमा पनि छलफल सुरु गरेको बताइएको छ । तर एमालेका सांसद एकराज कार्कीले मत विभाजन हुने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण