अफगानिस्तान र इराकमा पनि वैदेशिक रोजगारी खोल्नुपर्छ : श्रममन्त्री भण्डारी
बिहीबार, १४ असार २०८०, २० : १२
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले अफगानिस्तान र इराकमा पनि वैदेशिक रोजगारी खोल्नुपर्ने बताएका छन् ।
बिहीबार मस्कटमा गैरआवासीय नेपाली संघ (एनआरएन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले दौत्य सम्बन्ध भएका सबै देशसँग श्रम सम्झौता गर्नुपर्ने बताए ।
'दौत्य सम्बन्ध भएका सबै देशसँग श्रम सम्झौता हुनुपर्छ । अफगानिस्तान र इराकमा पनि वैदेशिक रोजगारी खोल्नुपर्छ', उनले भने,'वैदेशिक रोजगार विभागमा २० हजार ठगी मुद्दा छन् । ठगीको विकराल समस्या छ । समाधान गर्न टास्क फोर्स बनाइएको छ ।'
मन्त्री भण्डारीले के कामका लागि फ्री भिसा फ्री टिकट हो भनेर प्रश्न गरेका छन् । सरकारको काम सहजीकरण गर्नु भएको भन्दै उनले व्यवसाय नगर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण