खेलकुदमन्त्री भन्छन्– ‘बजेट घटे पनि आत्तिएको छैन’
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलकुदको विकासका लागि आफू निरन्तर लागि पर्ने प्रतिवद्धता जनाएका छन् । मन्त्री लिम्बूले अहिलेको बजेटमा युवा तथा खेलकुद क्षेत्रको बजेट घटे पनि आफू नआत्तिएको पनि बताएका छन् ।
आफूले युवा र खेलकुदको क्षेत्रमा केही गर्नकै लागि यो मन्त्रालय रोजेको दाबी गर्दै मन्त्री लिम्बूले भने, ‘म मन्त्री नियुक्त हुँदा केही ढिलो भइसकेको थियो । त्यसैले भनेजस्तो कार्यक्रम र बजेट भने आउन सकेन । तर, म आत्तिएको छैन । म खेलकुद खेलकुद क्षेत्रको विकासका लागि निरन्तर लागि रहने छु ।’
नेपाल लोकतान्त्रिक खेलकुद संघको पहलमा मन्त्री निवास पुल्चोकमै विभिन्न खेलकुद संघका पदाधिकारीलाई भेटने क्रममा मन्त्री लिम्बूले उक्त कुरा बताएका हुन् । सो अवसरमा लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहलगायतले खेलकुदको पछिल्लो अवस्थाबारे मन्त्री लिम्बूलाई अवगत गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण