‘सत्यप्रेम की कथा’को एडभान्स बुकिङ आक्रामक
मुम्बई । चलचित्र ‘सत्यप्रेम की कथा’ ले आक्रामक अग्रिम बुकिङ गर्न सफल भएको छ । कार्तिक आर्यन र कियारा आडवाणीको यो फिल्म उत्कृष्ट अग्रिम बुकिङ गर्ने यस वर्षको पाँचौँ फिल्म बनेको छ ।
‘सत्यप्रेम की कथा’ अघि कार्तिक आर्यन र कियारा आडवाणीको जोडी फिल्म ‘भुल भुलैया २’ मा देखिएको थियो । उक्त चलचित्रले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो ।
ट्रेड विश्लेषक सुमित कँडेलका अनुसार ‘सत्यप्रेम की कथा’ ले देशका प्रमुख तीन वटै चेन आइनक्स, पीभीआर र सिनेपोलिसमार्फत गत बुधबार राति १० बजेसम्म मात्रै ५१ हजार ५०० टिकट बुक गरिसकेको छ । ट्रेड विश्लेषकले यसलाई कोभिड १९ महामारीपछिको यो मध्यम आकारको फिल्मको लागि उत्कृष्ट प्रि–सेल भएको बताए ।
‘सत्यप्रेम की कथा’ मा कार्तिक आर्यन र कियारा आडवाणीको साथमा सुप्रिया पाठक कपूर, गजराज राव, सिद्धार्थ रन्धेरिया, अनुराधा पटेल, राजपाल यादव, निर्मित सावन्त र शिखा तलसानिया रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण