म्यानचेस्टर युनाइटेडले माउन्टलाई अनुबन्ध गर्ने
म्यानचेस्टर । म्यानचेस्टर युनाइटेडले मेसन माउन्टलाई चेल्सीबाट अनुबन्ध गर्ने सहमति गरेको छ । बेलायती सञ्चारमाध्यमका अनुसार युनाइटेडले ५ वर्षका लागि इंग्ल्याण्डका मिडफिल्डरलाई अनुबन्ध गर्नेछ । यसका लागि क्लबले ५.५ करोड करोड पाउन्ड र थप ५० लाख पाउन्ड एडअनका रुपमा तिर्नेछ ।
२४ वर्षीय खेलाडी यो सिजन एरिक टेन हागको पहिलो अनुबन्ध हुनेछन् । आगामी सिजनको च्याम्पियन्स लिगमा टोली छनोट भएसँगै उनी आफ्नो टोलीलाई थप सशक्त बनाउने प्रयासमा छन् । उता गत सिजन ६० करोड खर्चेको चेल्सीले फाइनान्सियल फेयर प्लेका लागि ३० जुनभन्दा अघि खेलाडीहरुलाई बेच्नुपर्ने बाध्यतामा रहेको छ । यसअघि चेल्सीले युनाइटेडले राखेको तीनवटा अफरहरु अस्वीकार गरेको थियो ।
माउन्ट ६ वर्षको उमेरमा चेल्सीसँग आबद्ध भएका थिए । सन् २०१९ मा सिनियर डेब्यू गरेसँगै उनले क्लबका लागि १९५ खेलमा ३३ गोल गरेका छन् । माउन्टले सन् २०२१ मा च्याम्पियन्स लिगको उपाधि जितेका थिए भने क्लबसँग उनले फिफा क्लब विश्वकप र यूईएफए सुपरकप पनि जितेका छन् । उनले राष्ट्रिय टोलीका लागि ३६ खेल खेलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण