खेलाडी नै जासुस भएको आरोप
काठमाडौँ । पोल्यान्डमा व्यावसायिक आइस हकी खेलिरहेका एकजना खेलाडीमाथि रुसको जासुस भएको आरोप लागेको छ । पोल्यान्डको मेजर लिग हकी प्रतियोगिता खेल्ने ती खेलाडीले लामो समयदेखि रुसको जासुसका रुपमा काम गरिरहेको आरोप वार्साका अधिकारीहरुले लगाएका हुन् । वार्साका अधिकारीहरुले ती खेलाडी नाम भने सार्वजनिक गरेका छैनन् । उनीहरुले ती खेलाडीमाथि छानबिन भइरहेको जनाएका छन् । ती खेलाडी रुसको नागरिक भएको पनि समाचारमा जनाइएको छ । अन्य कुनै विवरण सार्वजनिक गरिएको छैन ।
ती खेलाडीलाई जुन ११ तारिखमा पोल्यान्डको दक्षिणी सहर सिलेसियाबाट सुरक्षा अधिकारीले पक्राउ गरेको समाचारमा जनाइएको छ । पोल्यान्डको आन्तरिक सुरक्षा समिति (एबीडब्लू) ले अन्य केही ब्यक्तिमाथि पनि छानबिन भइरहेको जनाएको छ ।
रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि हस्तक्षेप र आक्रमण सुरु गरेदेखि नै पोल्यान्ड जासुसी गतिविधिमाथि थप संवेदनशील बनेको छ । रुस र युक्रेनबीचको युद्दमा पोल्यान्ड युक्रेनको पक्षमा उभिँदै आएको छ । ‘खेलाडीको रुपमा रुसको जासुसी गर्दै आएको आशंकामा एकजना ब्यक्तिलाई पक्राउ गरिएको छ । अहिले यस विषयमा थप अनुशन्धान भइरहेको छ,’ पोल्यान्डका कानुनमन्त्री जिबिग्निउ जिब्रोद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।खेलाडी नै जासुस भएको आरोप
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण