बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

निष्पक्ष रूपमा नागरिक सेवामा लाग्न प्रहरी महानिरीक्षक कुँवरको निर्देशन

शनिबार, १६ असार २०८०, १८ : १५
शनिबार, १६ असार २०८०

चितवन । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाको निष्ठा र मर्यादालाई मनन गरी बद्लिँदो परिवेश तथा चुनौतीलाई सामना गर्न आफ्नो जिम्मेवारी र उत्तरदायित्वप्रति कटिबद्ध भई निष्पक्ष रूपमा नागरिक सेवामा लाग्नुपर्ने बताएका छन् । नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनमा कार्यरत प्रहरी कर्मचारीहरू लगायत सम्पूर्ण प्रशिक्षकहरूलाई शनिबार निर्देशन दिँदै प्रहरी महानिरीक्षक कुँवरले प्रहरी कर्मचारीहरूमा निहित सिप र अनुभव तथा जिम्मेवारीलाई गुणस्तरीय रूपमा सम्पादन गर्दा नै संगठनको श्रीवृद्धि हुने बताएका हुन् ।

कुँवरले भने, ‘व्यावसायिक स्वार्थका लागि निष्ठा, दृढता र सकारात्मक सोचका साथ अगाडि बढ्नु पर्ने आजको आवश्यकता र नागरिक चाहना पनि हो ।’ नेपाल प्रहरीका प्रशिक्षण प्रदायक संस्थाहरूले नव आगन्तुकहरूलाई असल र व्यावसायिक संस्कार र दृष्टिकोण प्रदान गर्नका लागि हरेक कमान्डर सबै भन्दा पहिले आफै नमुनाको रूपमा प्रस्तुत हुनुपर्नेमा उनले जोड दिए । आन्तरिक शुद्धीकरणमा शून्य सहनशीलताको नीतिलाई अङ्गीकार गर्दै जनमुखी र व्यावसायिक दक्षता हासिल गर्नेतर्फ सबै प्रहरी कर्मचारीहरू अग्रसर हुनुपर्ने उनले उल्लेख गरे । 

नेपाल प्रहरी शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक निशान थापाले शिक्षालयको विविध पक्ष समेटिएको प्रस्तुतीकरण प्रस्तुत गरेका थिए। सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शिक्षालय परिसरमा वृक्षरोपण समेत गरे । 

यसैगरी प्रहरी महानिरीक्षक  कुँवरले शनिबार जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण भ्रमण गर्नुका साथै जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी कर्मचारीहरू एवम् मातहत इकाई प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप