राष्ट्रियसभाको बैठक सोमबार बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौँ । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक सोमबार बस्ने भएको छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १:०१ बजे बस्ने भएको हो ।
संघीय संसद् सचिवालयका अनुसार बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सेनाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको ब्यहोरा जानकारी गराउनेछन् ।
यस्तै विनियोजन विधेय २०८० माथि मन्त्रालयगत छलफल हुनेछ । जसमध्ये वन तथा वातावरण, महिला तथा बालबालिका, युवा तथा खेलकुद, सहरी विकास र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको शिर्षकमाथि छलफल हुनेछ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण