गुरु पुर्णिमाको अवसरमा ब्याँस नगरपालिकामा बिदा
सोमबार, १८ असार २०८०, ०७ : ०८

तनहुँ । गुरू पुर्णिमाको दिन ब्याँस नगरपालिकाले सार्बजनिक बिदा दिएको छ । तनहुँको व्यास नगरपालिकाले व्यास अवतरण (गुरु पूर्णिमा) का अवसरमा सोमबार सार्वजनिक बिदा दिएको हो ।
महर्षी बेदब्याँसको जन्मस्थान मानिदै आएको उक्त स्थानमा गुरु पुर्णिमाका दिन बिदा दिइएको हो । गुरु पूर्णिमाका अवसरमा कार्यालय परिसरमा व्यास अवतरण दिवस मनाउने कार्यक्रम रहेको पनि सो नगरपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीका अनुसार सोमबार नगरपालिका तथा नगरपालिका अन्तर्गतका कार्यालय, सामुदायिक एवं संस्थागत शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक) र नगरपालिका मातहतका सङ्घ संस्था बन्द रहने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'टेक एण्ड पे' पीपीए संशोधनमा सरकार गम्भीर नभएपछि इप्पानले घोषणा गर्यो आन्दोलन
-
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वकार्यकारी निर्देशक ठाकुरसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कुलिङ पिरियड’ हटाउने चलखेलविरूद्ध अधिकांश दल, एक्लिँदै एमाले
-
सुदूरपश्चिमका सचिन र सुशील १६ वर्ष मुनिकाे राष्ट्रिय क्रिकेट टोलीमा समावेश
-
मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई ७ दिन हिरासतमा राख्न अनुमति
-
सुदूरपश्चिममा बजेटमाथिको छलफल असार १० गतेदेखि सुरू हुने