मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई ७ दिन हिरासतमा राख्न अनुमति
सारांश
- मितेरी सहकारीको रकम ठगी आरोपमा पक्राउ परेका ज्योति बहादुर भण्डारीलाई अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
- प्रहरीले भण्डारीमाथि ठगी र किर्ते कसुरमा अनुसन्धान गरिरहेको छ र प्रारम्भिक अनुसन्धानमा ३ करोड ४४ लाख रुपैयाँ ठगी गरेको देखिएको छ।
- भण्डारीले दुईवटा पासपोर्टमा फरक नागरिकता नम्बर प्रयोग गरेको पाइएको छ, जसमा जन्मस्थान पनि फरक-फरक उल्लेख छ।
काठमाडौँ । मितेरी सहकारीको रकम ठगेको आरोपमा कम्बोडियाबाट पक्राउ परेका ज्योति बहादुर भण्डारीलाई अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
भण्डारीमाथि अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद लिइएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी युवराज खड्काले रातोपाटीलाई बताए । उनीविरुद्ध प्रहरीले ठगी र किर्ते कसुरमा अनुसन्धान गरिरहेको छ ।
मितेरी सहकारीको ३ करोड ४४ लाख रुपैयाँ उनले ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । मितेरीको रकम अपचलनमा संलग्न आरोपमा नेपाली कांग्रेसका उप–सभापति धनराज गुरुङ र उनकी पूर्व पत्नी ज्योति गुरुङमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
बर्दियाको बाँसगढी नगरपालिका–७ घर भएका भण्डारीले लिएको दुई वटा पासपोर्टमा फरक नागरिकता नम्बर उल्लेख गरेको भेटिएको छ । एउटा नागरिकतामा बर्दिया जन्मस्थान र अर्कोमा जन्मस्थान कास्की उल्लेख गरेको भेटिएको छ ।
भण्डारीको नाममा जारी भएको १०५४८६८८ नम्बरको पासपोर्टमा नागरिकता नम्बर १५८८३ र जन्मस्थान कास्की उल्लेख गरेको भेटिएको छ । अर्को पासपोर्ट नम्बर ११३६४६९१ मा नागरिकता नम्बर १४८०३ र जन्मस्थान बर्दिया उल्लेख गरेको फेला परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण