खप्तड क्षेत्र विकास समितिमा कर्मचारी नियुक्तिलाई लिएर राजीनामा मागियाे : मन्त्री चौधरी

कैलाली । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीले खप्तड क्षेत्र विकास समितिको कार्यकारी निर्देशक नियुक्तिको विषयलाई लिएर आफ्नो राजीनामा मागिएको बताएका छन् ।
बुधबार मुख्यमन्त्री कमल बहादुर शाहले बजेट निर्माणमा असहयोग गरेको भन्दै मन्त्री चौधरीलाई राजीनामा दिन निर्देशन दिएका थिए । सोही राजीनामाको विषयलाई लिएर प्रष्टीकरण दिँदै मन्त्री चौधरीले यस्तो बताएका हुन् । मुख्यमन्त्री शाहलाई आफूले नै मुख्यमन्त्री बनाउन मुख्य भूमिका खेलेको समेत उनले बताए ।
रातोपाटीसँग मन्त्री चौधरीले भने,‘उहाँलाई मुख्यमन्त्री बनाउने व्यक्ति त मै हुँ नि । हजुरहरूलाई थाहा नै छ । त्यो बेलामा एमालेका राजेन्द्रसिंह रावललाई मुख्यमन्त्री बनाएका थियौँ, तर पछि कमल शाहलाई त मुख्यमन्त्री बनाउने हामी नै हो नि ।’
मन्त्री चौधरीका अनुसार गठबन्धन दलहरूबिच भएको ’भद्र सहमति’ अनुसार नै खप्तड क्षेत्र विकास समितिमा कार्यकारी निर्देशकको नियुक्ति गरिएको थियो । तर, नियुक्तिपछि मुख्यमन्त्रीले आफूलाई बोलाएर ‘किन गर्नुभयो? मलाई नसोधेर किन गर्नुभयो?’ भन्दै ‘तुरुन्तै राजीनामा दिनुस्,’ भनेर निर्देशन दिएको उनले बताए ।
आफूले मुख्यमन्त्रीसँगको संवादमा स्पष्टसँग आफ्ना कुरा राखेको मन्त्री चौधरीले बताए । उनले भने, ‘मैले उहाँलाई भनेको छु, यदि मैले कुनै गल्ती गर्या छु भने हजुरले मलाई तत्काल बर्खास्त गर्दिनुस् । मन्त्रीले कहीँ गल्ती गर्छ भने मुख्यमन्त्रीलाई बर्खास्त गर्ने अधिकार छ ।
मन्त्री चौधरीले पार्टीले गर्ने निर्णयअनुसार आगामी कदम अगाडि बढ्ने बताएका छन् । ‘पार्टीको बैठक बसिरहेको छ,पार्टीले जे भन्यो, त्यहीअनुसार अघि बढ्छौँ,’ उनले भने ।
मन्त्री चौधरी नागरिक उन्मुक्ति पार्टीका सांसद् हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा
-
राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन
-
इरान–इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुने दुई सातामा निर्णय गर्दै ट्रम्प
-
१२ बजे १२ समाचार: नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित, सर्वोच्चले एनआरएनएको आफ्नै फैसला पुनरवलोकन गर्ने
-
नेपालको सिरिज जित्ने सम्भावना बलियो *
-
त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजः नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित