सुदूरपश्चिममा बजेटमाथिको छलफल असार १० गतेदेखि सुरू हुने
बिहीबार, ०५ असार २०८२, १८ : ०६

कैलाली । सुदूरपश्चिममा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल असार १० गतेदेखि सुरू हुने भएको छ। सभामुख भीमबहादुर भण्डारीको अध्यक्षतामा बिहीबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले असार १० गते प्रदेश सभाको बैठक बोलाउने निर्णय भएको हो। उक्त बैठक सोही दिन अपराह्न ४ बजे बस्ने समितिले निर्णय गरेको छ।
सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल हुने छ।
गएको असार १ गते प्रदेशको आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले प्रदेश सरकारको बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए। सुदूरपश्चिमको बजेटमाथि धेरै टिकाटिप्पणी पनि भइरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–इजरायल तनावबारे ट्रम्पलाई तीन दिनसम्म सुरक्षा जानकारी लिने
-
शिला राईको ‘उहिलेको माया’ सार्वजनिक
-
अमेरिकाले धेरै सहयोग गर्दैछः इजरायली प्रधानमन्त्री नेतन्याहु
-
हामी इरानको पक्षमा छौंः हिजबुल्लाह
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा
-
राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन