अदालत
दिलभूषणलाई पक्राउ नगर्न अन्तरिम आदेश
बिहीबार, ०५ असार २०८२, १७ : ३६

समाचार सारांश
- उच्च अदालत पाटनले सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ।
- न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको इजलासले यसअघिको अल्पकालीन आदेशलाई निरन्तरता दिएको हो।
- पाठकले दायर गरेको निषेधाज्ञा निवेदनमाथि सुनुवाइ गर्दै अदालतले पक्राउ नगर्न आदेश जारी गरेको थियो।
काठमाडौँ । सञ्चारकर्मी दिलभूषण पाठकलाई धरपकड नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको इजलासले गत सोमबार जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै धरपकड नगर्न आदेश दिएको हो ।
पाठकले दायर गरेको निषेधाज्ञा निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै गत सोमबार न्यायाधीश ऋषि राजभण्डारीको इजलासले कानुनबमोजिम बाहेक पक्राउ तथा धरपकड नगर्न अल्पकालीन आदेश जारी गरेको थियो ।
पाठकले गरेको सम्प्रेषित सामाग्रीबाट कसूर भएको भनी परेको जाहेरीको आधारमा निजलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था स्थापित नभएको उच्चको ठहर छ । मुद्दाको अन्तिम किनारा नभएसम्म पाठकलाई पक्राउ नगर्न आदेशमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्सविरुद्ध भुर्तेलको अर्धशतक, नेपाल जिततर्फ
-
कर्णालीमा बजेट ‘अवैध’ तरिकाले ल्याइएको माओवादीको आरोप
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु
-
रास्वपामा विभागीय प्रमुख हेरफेर, नीति तथा विचार प्रमुखमा वाग्ले
-
सचिव हुन नपाएको झोँकमा मन्त्रालय नै गइनन् संगीता, साढे ३ महिनादेखि बिदामा
-
संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे