अदालत
दिलभूषणलाई पक्राउ नगर्न अन्तरिम आदेश
बिहीबार, ०५ असार २०८२, १७ : ३६
सारांश
- उच्च अदालत पाटनले सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ।
- न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको इजलासले यसअघिको अल्पकालीन आदेशलाई निरन्तरता दिएको हो।
- पाठकले दायर गरेको निषेधाज्ञा निवेदनमाथि सुनुवाइ गर्दै अदालतले पक्राउ नगर्न आदेश जारी गरेको थियो।
काठमाडौँ । सञ्चारकर्मी दिलभूषण पाठकलाई धरपकड नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको इजलासले गत सोमबार जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै धरपकड नगर्न आदेश दिएको हो ।
पाठकले दायर गरेको निषेधाज्ञा निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै गत सोमबार न्यायाधीश ऋषि राजभण्डारीको इजलासले कानुनबमोजिम बाहेक पक्राउ तथा धरपकड नगर्न अल्पकालीन आदेश जारी गरेको थियो ।
पाठकले गरेको सम्प्रेषित सामाग्रीबाट कसूर भएको भनी परेको जाहेरीको आधारमा निजलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था स्थापित नभएको उच्चको ठहर छ । मुद्दाको अन्तिम किनारा नभएसम्म पाठकलाई पक्राउ नगर्न आदेशमा भनिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण