बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वकार्यकारी निर्देशक ठाकुरसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वकार्यकारी निर्देशक बलराम ठाकुरसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
ठाकुरले बिना प्रक्रिया परिषद्को रकम खर्च गरेको, स्करपियो गाडी खरिद गरी बेच्दा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।ठाकुरसहित उनकी श्रीमती इन्दुलेखा कुमारी ठाकुर, ठेकेदार जितेन्द्रकुमार यादव, उपभोक्ता समितिका अध्यक्ष विजयकुमार यादव र कोषाध्यक्ष बबितादेवी साहविरुद्ध मुद्दा दायर भएको हो ।
यस्तै परिषद्का लेखापाल सावित्री गिरी, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवीराज शर्मा ढुङ्गाना, कम्प्युटर अधिकृत कृष्णमुमारीसिंह र सवारी चालक बिक्कीकुमार चौधरीलाई पनि प्रतिवादी बनाइएको छ । यस्तै बलराम नाम गरेका व्यक्तिलाई पनि प्रतिवादी बनाइएको छ ।
ठाकुर २०७५ मङ्सिर ५ देखि २०७९ मङ्सिर ४ गतेसम्म निर्देशक पदमा रहँदा अन्य प्रतिवादीसँगको मिलेमतोमा भ्रष्टाचार गरेको र एक वर्षपछि श्रीमती इन्दुकलाको नाममा उक्त गाडी नामसारी गराएको आरोप छ ।
ठाकुरविरूद्ध ५१ लाख ७१ हजार बिगो मागदाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण