अटो दुर्घटनामा चालकको मृत्यु
सोमबार, १८ असार २०८०, ११ : ४५
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका-७ अधेरीस्थित सडकमा नेपालटारबाट गाईघाटतर्फ जाँदै गरेको स.१ ह ३६२२ नम्बरको अटो अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका-१२ बस्ने १८ वर्षीय मोहमत रूस्तमको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य १ जनाको विराटनगर नर्सिङ होममा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्टर्न चिकित्सकको माग सम्बोधन गर्न नेपाल चिकित्सक सङ्घको आग्रह
-
लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
-
अध्यादेशबाट एकमुष्ट पदमुक्त पदाधिकारीमध्ये २० प्रतिशतमा मात्रै नियुक्ति
-
१० दिनभित्र लगातार तेस्रोपटक क्युबाको नेशनल ग्रिड अवरुद्ध
-
समाचार सार्वजनिक भएपछि काट्न थालियो दशरथ रङ्गशालाको घाँस (तस्बिरहरू)
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण