बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुंगा र ईलाममा किशोरी बलात्कृत

बुधबार, २० असार २०८०, १७ : ३२
बुधबार, २० असार २०८०

काठमाडौँ । ओखलढुंगामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धिचरण नगरपालिका-३ अधेरी बस्ने ६५ वर्षीय फिन्चुले भन्ने रुख विर राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले २०७९ कात्तिक ८ गते र २०७९ मंसिर ११ गते सिद्धिचरण नगरपालिका-३ बस्ने ४४ वर्षीय फुर्तिमान भन्ने सागर राईले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनीहरूमध्ये रुख विर राईलाई पक्राउ गरेको हो । हाल फरार सागर राईको प्रहरीले खोजी गरिरहेको छ ।

 उता ईलाममा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रोङ गाउँपालिका–१ शान्तिपुर कटहरे बस्ने ३० वर्षीय अमृत बहादुर राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । राईले ती बालिकालाई बिगत ३ महिना अगाडि देखिनै जबरजस्ती करणी गर्दै आएको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बर्फल्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप