पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
इस्लामावाद । पाकिस्तानको व्यापार घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा ४३ प्रतिशतले घटेको छ ।
पाकिस्तानको तथ्याङ्क विभाग (पीबीएस) का अनुसार आर्थिक वर्ष २०२२/२३ को जुलाईदेखि जुनको अवधिमा व्यापार घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा ४३ प्रतिशतले घटेको हो ।
यो अवधिमा व्यापार घाटा २७ अर्ब ५४ करोड ७० लाख अमेरिकी डलर रहेको छ भने सन् २०२१/२२ को सोही अवधिमा व्यापार घाटा ४८ अर्ब ३५ करोड ४० लाख अमेरिकी डलर रहेको थियो ।
सन् २०२२/२३ को उक्त अवधिमा पाकिस्तानबाट २७ अर्ब ७४ करोड ४४ लाख अमेरिकी डलरको निर्यात भएको थियो भने गत आर्थिक वर्षमा ३१ अर्ब ७८ करोड २० लाख डलरको निर्यात भएको थियो । यो १२ दशमलव ७१ प्रतिशतले ऋणात्मक वृद्धि हो ।
अर्कोतर्फ, दक्षिण एसियाली मुलुक पाकिस्तानको आयातमा ३१ प्रतिशतले कमी आएको छ, जुन आर्थिक वर्ष २०२१/२२ मा ८०.१३६ बिलियन अमेरिकी डलरबाट घटेर २०२२/२३ मा ५५.२९१ बिलियन अमेरिकी डलरमा झरेको छ ।-(रासस/एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण