मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी

बुधबार, २० असार २०८०, २१ : ०६
बुधबार, २० असार २०८०

इस्लामावाद । पाकिस्तानको व्यापार घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा ४३ प्रतिशतले घटेको छ ।

पाकिस्तानको तथ्याङ्क विभाग (पीबीएस) का अनुसार आर्थिक वर्ष २०२२/२३ को जुलाईदेखि जुनको अवधिमा व्यापार घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा ४३ प्रतिशतले घटेको हो ।

यो अवधिमा व्यापार घाटा २७ अर्ब ५४ करोड ७० लाख अमेरिकी डलर रहेको छ भने सन् २०२१/२२ को सोही अवधिमा व्यापार घाटा ४८ अर्ब ३५ करोड ४० लाख अमेरिकी डलर रहेको थियो । 

सन् २०२२/२३ को उक्त अवधिमा पाकिस्तानबाट २७ अर्ब ७४ करोड ४४ लाख अमेरिकी डलरको निर्यात भएको थियो भने गत आर्थिक वर्षमा ३१ अर्ब ७८ करोड २० लाख डलरको निर्यात भएको थियो । यो १२ दशमलव ७१ प्रतिशतले ऋणात्मक वृद्धि हो ।

अर्कोतर्फ, दक्षिण एसियाली मुलुक पाकिस्तानको आयातमा ३१ प्रतिशतले कमी आएको छ, जुन आर्थिक वर्ष २०२१/२२ मा ८०.१३६ बिलियन अमेरिकी डलरबाट घटेर २०२२/२३ मा ५५.२९१ बिलियन अमेरिकी डलरमा झरेको छ ।-(रासस/एएनआई)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप