एसईईको नतिजा प्रकाशन गर्न बोर्ड बैठक बस्दै
काठमाडौँ । कक्षा १० को नतिजा प्रकाशनका विषयमा निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने भएको छ। २०७९ सालको एसईई परीक्षाको नतिजा प्रकाशन गर्ने विषयमा निर्णय गर्न आज दिउँसो १ बजे बोर्डको बैठक बोलाइएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। बोर्डको बैठकपछि सम्भवतः आज नै नतिजा सार्वजनिक गरिनेछ।
यो वर्ष पुरानै ग्रेडिङ पद्धति अनुसार सार्वजनिक गरिनेछ । बोर्डले गत वर्ष अनुसार नै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो।
बोर्डले २०७८ सालमा ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ जारी गरेको थियो । उक्त निर्देशिका जारी भएको केही महिनापछि पहिलो पटक संशोधन गर्दै सैद्धान्तिकतर्फ ३५ भन्दा कम अङ्क ल्याउने विद्यार्थीको नतिजा नन ग्रेडेड (एनजी) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था गरेको थियो । त्यो विद्यार्थीले कक्षा ११ मा पढ्न नपाउने व्यवस्था उक्त निर्देशिकामा छ । तर, बोर्डले अघिल्लो वर्ष र यो वर्ष पुरानै अक्षरांकन (ग्रेडिङ) विधिमार्फत नतिजा प्रकाशन गर्न लागेको हो । गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट चार ८५ लाख ३९६ विद्यार्थी सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकद्वारा ४५ अर्बको निक्षेप सङ्कलन आह्वान
-
चिया उद्योग बन्द गर्ने घोषणा
-
३ वर्षअघि जंगलमा हराएका पुरुषको नाटकीय उद्धार
-
ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्न थप १६ सय पूर्वाधार निर्माणको तयारी
-
पोर्चुगिज मिडफिल्डर बर्नाडो सिल्भा रियल मड्रिडमा आबद्ध
-
सामाजिक सुरक्षा कोषमा जोडिँदै अनौपचारिक क्षेत्रका श्रमिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण