दक्षिण अफ्रिकामा विषाक्त ग्यास चुहावट हुँदा १६ जनाको मृत्यु
बिहीबार, २१ असार २०८०, १० : ०६
दक्षिण अफ्रिकामा ग्यास चुहावटका कारण १६ जनाको मृत्यु भएको छ । यो घटना जोहानेसबर्गको बोक्सबर्गमा भएको हो । मृत्यु हुनेमा महिला र बालबालिका रहेका स्थानीय अधिकारीहरूले बताएका छन् ।
नाइट्रेट अक्साइड ग्यास चुहावटका कारण दुर्घटना भएको अनुमान गरिएको छ । ग्यास लिक भएको स्थान अवैध सुन खानी भएको मानिन्छ ।
नाइट्रेट अक्साइड ग्यास सामान्यतया अवैध सुन खानी द्वारा प्रयोग गरिन्छ । यसलाई जामा जमास भनिन्छ ।
बक्सबर्गको घना बस्ती भएको क्षेत्रमा एउटा सिलिन्डर बरामद गरिएको छ । त्यसबाट ग्यास लिक भइरहेको थियो ।
सबै मृतकलाई यस स्थानबाट एक सय मिटरको दायरा भित्र फेला परेका थिए । आपत्कालीन सेवाहरूले बीबीसीसँगको कुराकानीमा कसैलाई पनि अस्पताल नलगिएको जानकारी दिए ।
अझै धेरै जनाको शव फेला पर्न सक्ने आशङ्का गरिएको छ । उद्धार टोली घटनास्थलमा पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण