कांग्रेसका सांसदले कांग्रेसकै मन्त्रीको झाँको झारे : सल्यानलाई हेप्ने, म कांग्रेस हैन ?
सुर्खेत । नेपाली कांग्रेसका प्रदेश सांसद सुरेश अधिकारीले बजेटको विषयलाई लिएर चर्को असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार कर्णाली प्रदेशसभाको २१ औँ बैठकमा कानुन र सामाजिक विकास मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा उनले बजेटप्रति चर्को असन्तुष्टि व्यक्त गरे । सत्ता पक्षधर सांसद अधिकारीले बजेटमा सल्यानी जनतालाई हेपेको भन्दै माओवादीबाट बनेका मन्त्री मात्र होइन आफ्नै दलबाट बनेका मन्त्रीमाथि नै प्रश्न उठाए ।
सामाजिक विकास मन्त्रीमा काङ्ग्रेसबाट खड्गबहादुर पोखरेल छन् । उनले सामाजिक मन्त्रीलाई भने,‘ सल्यानमा १० वटा पालिका छन् । अरू सबै जिल्लामा शौचालय निर्माण, आधारभूत विद्यालयको मर्मत तथा घरबार कार्यक्रम छन् । तर, सल्यानमा छैनन् । सल्यानका सबै विद्यालयमा शौचालय छन्, घरबार भएको छ । सल्यानका केटाकेटीले राम्रो विद्यालयमा पठनपाठन गर्न पाउनुपर्दैन ?’
१० वटै जिल्लामा दिएका योजनाहरूमा सल्यान छुटेको बताउँदै उनले सल्यानले कुनै अन्याय नगरेको र आफूबाट पनि कुनै छुद्र व्यवहार नभएको बताए ।
सल्यानलाई किन अन्याय गर्नुभयो, के गरेका थिए सल्यानी जनताले भन्दै उनले मन्त्री पोखरेलको संसदमै झाँको झारे । ‘मन्त्री ज्यू हजुरको सचिवालयमा हजुरले भनेको काम नगर्ने कर्मचारी छन् कि ? म कांग्रेसको मान्छे हो । माओवादीका मन्त्रीले त सल्यानलाई हेप्नुभयो तर, काङ्ग्रेसबाट गएका मन्त्रीले हेप्ने ? म कांग्रेस हैन र ? पार्टीको सामान्य माया पनि गरिदिनुभएन,’ उनले भने,‘ कति हेप्ने हो सल्यानलाई ? हेप्नुको पनि सीमा हुन्छ नि ? कानुनभन्दा माथि यो देशको राष्ट्रपति पनि छैन । मुख्यमन्त्री, मन्त्रीहरू कानुनभन्दा माथि हुनुहुन्छ ? नीतिगत निर्णय भएका कुराहरू पनि लागू हुन्नन् । सल्यानलाई यसरी हेप्ने ? के खाइदिएका छन् सल्यानीले ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण