चट्याङ लागेर एक जनाको मृत्यु
शुक्रबार, २२ असार २०८०, १९ : २२

सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका–७ विष्णुपुर टोलका–७० वर्षीय रामप्रसाद रामको चट्याङ लागेर आज मृत्यु भएको छ ।
घर नजिकैको आफ्नै खेतमा काम गरिरहेका बेला वर्षाको पानीसँगै परेको चट्याङ लागेर रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घाइते रामको उपचारको क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुकुरको उद्धार गर्दै आएको ’एनिमल रेस्क्यु सेन्टर’ लाई बेलायतबाट सहयोग
-
गण्डक–घण्टाघर–मितेरी पुल सडक निर्माणमा देखिएका समस्याबारे छलफल
-
बाढीले काठेपुल बगाएपछि आवागमनमा समस्या
-
प्रदीप नेपाल : सुरुङ खनेर नख्खु जेलबाट भागेपछि...
-
कन्सर्ट विवादको लागि सोनु निगमले माफी मागे
-
भारत भ्रमण उपलब्धिपूर्ण रह्यो : मुख्यमन्त्री शाह