सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
बर्दियामा बाघसँग जम्काभेट
फोटोफिचर

बर्दियामा बाघसँग जम्काभेट

शनिबार, २३ असार २०८०

स्कन्द गौतम\नेपाल फोटो लाइब्रेरी 

काठमाडौँ । गर्मीको समयमा वन्यजन्तुहरूको छहारी र जलस्रोत नजिक अलि बढी चहलपहल देख्न सकिन्छ। त्यसैले अहिले बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल पनि बढेको छ ।

वन्यजन्तु भरिमा बाघ हेर्ने को भिड बढी देखिन्छ । सबैको मनमा आज चाहिँ बाघ देख्नु पर्छ है मात्र हुन्छ । बर्दियामा बाघको साथै एक सिङ्गे गैँडा, जङ्गली हात्ती , चित्तल, मृग, बाह्रसिङ्गे सबै खालका जनावर अवलोकन गर्न पाइन्छ । 

जङ्गल गाइड तथा वाइल्डलाइफ फोटोग्राफर दीपक राजवंशी बर्दियाको नामसँगै आजभोलि बाघ जोडिने बताउँछन् । अहिले गर्मीको मौसम भएकोले पोखरी र खोला नजिक अलि बढी देखिन्छन् । घुम्न आएका पर्यटकहरू बाघ नै हेर्नका लागि ५ देखि ८ घण्टा कुर्ने गर्छन् । जङ्गलको राजा भनेर चिनिने बाघ हेर्ने मन सबैको हुन्छ तर बाघ झ्याप्प कसैको नजरमा पर्न ग्राहै हुन्छ । केही हप्ता अगाडि नेपाल फोटो लाइब्रेरीको क्यामेराबाट कैद भएको निकुञ्ज सेरोफेरोका तस्बिरहरू :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया