संसदको अवरोध खुलाउन एमालेसँग छलफल गर्ने सत्ता गठबन्धनको निर्णय
काठमाडौँ । सत्ता गठबन्धनले संसदको जारी अवरोध खुलाउन नेकपा एमालेसँग छलफल गर्ने निर्णय गरेको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले संसदको अवरोध खुलाउन एमालेसँग छलफल गर्ने निर्णय गरेको माओवादी केन्द्रका महासचिव देव गुरुङले रातोपाटीलाई जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले केही दिनअघि दिएको अभिव्यक्तिलाई लिएर एमालेले निरन्तर संसद अवरुद्ध पार्दै आएको छ । प्रचण्डले भारतीय नागरिक प्रितम सिंहले आफूलाई प्रधानमभन्त्री बनाउन दिल्लीसँग लबिङ गरको आशयको अभिव्यक्ति दिएपछि एमालेले आलोचना गर्दै आएको छ । प्रचण्डले असंवैधानिक र गैरराजनीतिक अभिव्यक्ति दिएको भन्दै एमालेले प्रधानमन्त्रीबाट राजीनामाको माग गर्दै आएको छ ।
प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर गत बुधवारबाट संसद् अवरोध र राजीनामा माग्दै आएको एमालेले आजको बैठक पनि अवरुद्ध पार्ने योजना बनाइरहेको सन्दर्भमा गठबन्धनले एमालेसँग वार्ता गर्ने निर्णय गरेको हो ।
शुक्रवार सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरूसँगको छलफलमा एमाले प्रधानमन्त्रीको राजीनामाबाट पछि नहटेपछि बैठक आइतबार १ बजे बस्नेगरी स्थगित भएको थियो । यो विचमा दलहरुबीच सहमति जुटाउन सभामुख घिमिरेले आग्रह गरेपनि कुनै प्रगति भएको छैन ।
आजै गठबन्धनले एमालेसँग सिंहदरबारमा छलफल गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण