संसदको अवरोध खुलाउन एमालेसँग छलफल गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौँ । सत्ता गठबन्धनले संसदको जारी अवरोध खुलाउन नेकपा एमालेसँग छलफल गर्ने निर्णय गरेको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले संसदको अवरोध खुलाउन एमालेसँग छलफल गर्ने निर्णय गरेको माओवादी केन्द्रका महासचिव देव गुरुङले रातोपाटीलाई जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले केही दिनअघि दिएको अभिव्यक्तिलाई लिएर एमालेले निरन्तर संसद अवरुद्ध पार्दै आएको छ । प्रचण्डले भारतीय नागरिक प्रितम सिंहले आफूलाई प्रधानमभन्त्री बनाउन दिल्लीसँग लबिङ गरको आशयको अभिव्यक्ति दिएपछि एमालेले आलोचना गर्दै आएको छ । प्रचण्डले असंवैधानिक र गैरराजनीतिक अभिव्यक्ति दिएको भन्दै एमालेले प्रधानमन्त्रीबाट राजीनामाको माग गर्दै आएको छ ।
प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर गत बुधवारबाट संसद् अवरोध र राजीनामा माग्दै आएको एमालेले आजको बैठक पनि अवरुद्ध पार्ने योजना बनाइरहेको सन्दर्भमा गठबन्धनले एमालेसँग वार्ता गर्ने निर्णय गरेको हो ।
शुक्रवार सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरूसँगको छलफलमा एमाले प्रधानमन्त्रीको राजीनामाबाट पछि नहटेपछि बैठक आइतबार १ बजे बस्नेगरी स्थगित भएको थियो । यो विचमा दलहरुबीच सहमति जुटाउन सभामुख घिमिरेले आग्रह गरेपनि कुनै प्रगति भएको छैन ।
आजै गठबन्धनले एमालेसँग सिंहदरबारमा छलफल गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालुवाटारमा सत्तारुढ दलहरूबिच चार घण्टा छलफल, यी तीन विषयमा छलफल
-
तीन दशक सेवा गरेर आयल निगमबाट बिदा भए गोइत
-
इजरायलस्थित नेपालीको अवस्था बुझ्न एनआरएनएको अन्तरक्रिया
-
लागुऔषधसहित पर्साबाट चार जना पक्राउ
-
पहिरोले अवरूद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा
-
ग्वार्कोमा बसले कार र टेम्पोलाई ठक्कर दिँदा ६ जना घाइते