प्रभु महालक्ष्मी लाइफको प्रमुख कार्यकारी अधिकृतमा भट्टराई नियुक्त
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रमेश कुमार भट्टराई नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले स्वीकृतिअनुसार उनी सीईओमा नियुक्त भएका हुन् ।
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबार यही असार २९ गतेदेखि हुने निर्णय भइसकेको छ । दुबै कम्पनी बीचमा २०७९ आसार ३० गते मर्जरको प्रारम्भिक सहमति र गत जेष्ठ ३ गते अन्तिम सहमति भएको थियो ।
दुबै सम्झौतामा महालक्ष्मी लाईफका प्रभुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईलाई मर्जर पछिको आगामी ४ वर्षको लागि एकिकृत कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने सहमति भएको थियो । उक्त दुबै सहमतिलाई प्रभु र महालक्ष्मी लाईफको जेष्ठ २६ गते भएको वार्षिक साधारण सभाले अनुमोदन गरे पछि मात्र बीमा प्राधिकरणले नियुक्ति स्वीकृति दिएको हो ।
व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक भट्टराई महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको स्थापनाकालदेखि प्रमुख कार्यकारी अधिकृत थिए । २०३८ सालमा नेपाल बैंकको अधिकृतबाट बैकिङ करिअर प्रारम्भ गरेका उनी विगत ४२ वर्ष देखि बैंक र बीमा क्षेत्रमा निरन्तर सेवारत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरल्याण्ड्सलाई सुरुवाती अग्रता, ब्रायन ब्रोबीले गरे गोल
-
लागूऔषधसहित सासु बुहारी पक्राउ
-
नेदरल्याण्ड्स र स्विडेन भिड्दै, अघिल्लो चरणको समीकरणका लागि दुवैलाई जितको दबाब
-
एयर होस्टेसहरूको सहभागितामा ट्राफिक सचेतना कार्यक्रम
-
बोलिभियामा सङ्कटकालको घोषणा
-
इजरायली नागरिक भन्छन्ः हामीलाई राष्ट्रपति ट्रम्पले धोखा दिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण