करेन्ट लागेर दुई जनाको मृत्यु
आइतबार, २४ असार २०८०, १२ : ३६
काठमाडौँ । बर्दियाको मधुबन नगरपालिका-३ धनौरा बस्ने २२ वर्षीय जीवनराज गुरुङको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँ बस्ने दिल्ली कुमारी रेउलेको खेतमा विद्युतीय मोटर पम्पबाट पानी सिँचाइ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै जिल्ला अस्पताल गुलरियामा थप उपचारको क्रममा मृत्यु भएको हो ।
यता कपिलवस्तुको बुद्धभूमि नगरपालिका-७ प्युसनगर बस्ने ४० वर्षीय गयराम लोनीयाको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ । जस्ता पाताले आफ्नो घरको छाना छाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको स्थानीय दीप शिखा मेडिकल ईमिलीया हुँदै जिल्ला अस्पताल तौलिहवामा थप उपचारको क्रममा मृत्यु भएको हो । दुवै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण