शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सीबीफीन र एनबीआईले ७ वटै प्रदेशमा व्यवसाय शिखर सम्मेलन आयोजना गर्ने

आइतबार, २४ असार २०८०, १६ : ५०
आइतबार, २४ असार २०८०

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) र नेपाल बिजनेस इन्स्च्यिुट (एनबीआई) वीच ७ वटै प्रदेशमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन आयोजना गर्ने विषयमा सम्झौता भएको छ । 

स्थानीय÷प्रदेश सरकार र सरोकारवाला संघ/संस्थाहरुसँगको साझेदारीमा यही २०८० सालभित्र ७ वटै प्रदेशमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन सम्पन्न गर्ने सम्झौता भएको हो । 

उक्त सम्झौता पत्रमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको तर्फबाट अध्यक्ष पवन कुमार गोल्यान र नेपाल बिजनेस इन्स्च्यिुटकोतर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गरेका छन् । 

सीबीफीनका अध्यक्ष पवनकुमार गोल्यानले बैंकिङ क्षेत्रको सुधार, विकास एवं स्तरोन्नति, पूँजी निर्माण, सुरक्षित लगानीका नयाँ क्षेत्रहरुको पहिचान तथा लगानी विस्तार गर्न यस्तो कार्यक्रमको आयोजना गर्न लागिएको बताए । बैंकिङ पहुँच तथा साक्षरता अभिवृद्धि, उत्पादनमूलक, रोजगारमूलक तथा निर्यातमूलक क्षेत्रहरुमा लगानी प्रवद्र्धन, उद्यमशीलता र नवप्रवर्तनको विकास एवं विस्तार, स्वदेशी उत्पादनहरुको प्रवद्र्धनलगायत विषयहरुमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन केन्द्रित रहने उनले बताए । 

सम्मेलनमार्फत प्रदेश÷स्थानीय सरकार, विभिन्न राजनीतिक दलका नेतृत्वगण, बुद्धिजीवी, उद्यमी/व्यवसायीहरुको सघन सहभागितामा स्थानीय निकायमा रहेका समस्याहरुको उजागर गर्दै प्रचुर संभावनाका क्षेत्रहरुको पहिचान, स्थानीय सरकारको संरक्षकत्वमा लगानी विस्तार तथा उद्यमशीलताको विकास गर्न महत्वपूर्ण सघाउ पुग्ने अपेक्षा राखिएको समेत उनले बताए ।

सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सुनिल के.सी., डेभलपमेन्ट बैंकर्स एसोसियसन नेपालका अध्यक्ष सुयोग श्रेष्ठ, फेडेरेशन अफ नेपालीज एक्सपोटर्स एसोसिएसनकी उपाध्यक्ष देविका बुढााथोकी, फेडेरेशन अफ कम्प्यूटर एसोसिएसन नेपालका उपाध्यक्ष उमेश रघुवंशीलगायतको सहभागिता रहेको थियो । 

संघीयता लागू भएपछि यो तहको व्यवसाय शिखर सम्मेलन प्रदेशस्तरमा पहिलो पटक आयोजना हुन लागेकोले स्थानीय र प्रदेश सरकारहरुसँगको सहकार्य र साझेदारीमा कार्यान्वयन गर्न सकिने व्यवसायीक परियोजनाहरुलाई विशेष प्राथमिकता दिनुपर्ने बताउनु बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप