बासी भात दिएको भन्दै सौतेनी आमाको हत्या
जनकपुरधाम । आफ्नो सौतेनी आमालाई मारेको अभियोगमा धनुषा प्रहरीले एक भारतीय युवकलाई आज पक्राउ गरी सार्वजनिक गरेको छ ।
सौतेनी आमाले बासी भात खान दिएको रिसमा काठको चिर्पट प्रहार गरी हत्या गरेको र शवलाई जलाएको आरोपमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–४, शिवनगर पथराईस्थित अशोक जैसवालको घरमा डेरा गरी बस्ने भारतीय नागरिक प्रेम भगतलाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो ।
भगत भारतको बेतिया जिल्ला, नरकटियागंज थाना, केयुनिया निवासी रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनले आफ्नो सौनेती आमा ३९ वर्षीय मिरा देवी भगतको हत्या गरेको प्रहरीले जनाएको छ ।
धनुषा प्रहरी प्रमुख विश्वराज खड्काका अनुसार घटना शनिबार भएको हो । मिरा देवीले बासी भात दिएपछि सौतेनी छोरा भगतले खान अस्वीकार गरेको, बरु होटलमा गएर खाना खान्छु भनेपछि विवाद भएको प्रहरीको भनाइ छ । विवादकै क्रममा मिरा देवीले भगतलाई हिर्काउन खोजेको र भगतले त्यही चिर्पट खोसेर हिर्काउँदा मिरा देवीको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसपछि आत्तिएर भगतले मिरा देवीको शवमा आगो लगाएर जलाइदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको खड्काले जनाए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कूल गार्हस्थ्य उत्पादनमा धानको योगदान दुई खर्ब, तर अझै आयातमै निर्भर नेपाल
-
पदभार ग्रहण गर्दै त्रिविका नवनियुक्त उपकुलपतिले भने– मलाई बाहिरबाट आएको नसम्झिदिनुहोला
-
रुसी आक्रमणमा किभमा सात जनाको मृत्यु
-
सडकमा एक्लै हिँडेकी युवतीलाई पुरुषले ‘गोप्य अङ्ग’ देखाएको घटनामा प्रहरीले थाल्यो अनुसन्धान
-
ओपेक प्लसले देशहरूले उत्पादन बढाउने, कच्चा तेलको मूल्य घट्यो
-
इरानका सर्वोच्च नेताद्वारा मोहसेनी–एजेई पुनः न्यायपालिका प्रमुखमा नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण