शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बासी भात दिएको भन्दै सौतेनी आमाको हत्या

आइतबार, २४ असार २०८०, २१ : २६
आइतबार, २४ असार २०८०

जनकपुरधाम । आफ्नो सौतेनी आमालाई मारेको अभियोगमा धनुषा प्रहरीले एक भारतीय युवकलाई आज पक्राउ गरी सार्वजनिक गरेको छ ।

सौतेनी आमाले बासी भात खान दिएको रिसमा काठको चिर्पट प्रहार गरी हत्या गरेको र शवलाई जलाएको आरोपमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–४, शिवनगर पथराईस्थित अशोक जैसवालको घरमा डेरा गरी बस्ने भारतीय नागरिक प्रेम भगतलाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो ।

भगत भारतको बेतिया जिल्ला, नरकटियागंज थाना, केयुनिया निवासी रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनले आफ्नो सौनेती आमा ३९ वर्षीय मिरा देवी भगतको हत्या गरेको प्रहरीले जनाएको छ ।

धनुषा प्रहरी प्रमुख विश्वराज खड्काका अनुसार घटना शनिबार भएको हो । मिरा देवीले बासी भात दिएपछि सौतेनी छोरा भगतले खान अस्वीकार गरेको, बरु होटलमा गएर खाना खान्छु भनेपछि विवाद भएको प्रहरीको भनाइ छ । विवादकै क्रममा मिरा देवीले भगतलाई हिर्काउन खोजेको र भगतले त्यही चिर्पट खोसेर हिर्काउँदा मिरा देवीको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसपछि आत्तिएर भगतले मिरा देवीको शवमा आगो लगाएर जलाइदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको खड्काले जनाए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप