राप्रपाका उपाध्यक्षले मुख्य सचिवबाट राजीनामा दिएपछि नयाँ नियुक्ति
काठमाडौँ । राप्रपाको केन्द्रीय सचिवालयका मुख्यसचिव हेमजङ्ग गुरुङ जिम्मेवारीमुक्त भएका छन् । उनको ठाउँमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले केदार बहादुर अधिकारीलाई मुख्य सचिवमा मनोनीत गरेका छन् ।
पार्टीका उपाध्यक्ष समेत रहेका गुरुङको कार्यशैली सन्तोषजनक नभएपछि उनलाई पार्टीले मुख्यसचिव पदबाट राजीनामा दिन दबाब दिँदै आएको राप्रपाका एक नेताले बताए ।
सोही अनुसार उनले केही पहिले राजीनामा दिएपछि अध्यक्ष लिङ्देनलाई नयाँ पात्रलाई नियुक्त गर्ने बाटो खुलेको बताइएको छ ।
उपाध्यक्ष गुरुङले भने आफ्नो स्वास्थ्य र घरायसी कारणले मुख्य सचिव पदबाट राजीनामा दिएको दाबी गरे । ‘मैले आफ्नै कारणले राजीनामा दिएको हुँ, कसैले दबाब दिएको छैन’, उनले भने, ‘पार्टीभित्र अनेक कुरा हुन सक्छन् तर त्यसको कुनै सत्यता छैन ।’
गुरुङले पूर्व सचिव समेत रहेका अधिकारी आफू मुख्य सचिव हुँदा सदस्य रहेको र अहिले सल्लाहमा मुख्यसचिव बनेको उनले दाबी गरे । गुरुङको उपाध्यक्ष पद भने कायमै छ ।
यस्तै राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले अध्यक्ष लिङ्देनले चितवनका अधिकारीलाई केन्द्रीय सचिवालयको मुख्य सचिव पदमा मनोनयन गरेको विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।
उनको विज्ञप्तिमा हेमजङ्गले राजीनामा दिएको वा हटाइएको भन्नेबारे भने केही खुलाइएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण