सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रघुजी पन्तले भने–प्रधानमन्त्रीले अभिव्यक्ति गलत थियो भनेपछि राजीनामा गर्नुपर्छ

सोमबार, २५ असार २०८०, १९ : १९
सोमबार, २५ असार २०८०

काठमाडौँ । नेकपा एमालेका नेता रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्ति गलत थियो भनेर स्वीकारेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।  

सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका सांसद पन्तले प्रधानमन्त्रीले प्रधानमन्त्रीका हैसियतले सो अभिव्यक्ति दिनु आफ्नो कमजोरी भयो भनिसकेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।  

नेता पन्तले गल्ती गर्ने र स्वीकार गरिसकेपछि पुनः प्रधानमन्त्री भइरहन नैतिकताले नदिने बताए । उनले प्रधानमन्त्रीले संसदमा दिएको उत्तर पनि चित्तबुझ्दो नरहेको बताए ।  

उनले भने, ‘प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने कुरामा म कन्भिन्स छु । म अहिले पनि कायम छु, बहुमत छ, प्रतिपक्षले माग्दैमा राजीनामा दिने हो भने गलत नजिर बस्छ भन्नुभयो, प्रतिपक्षले बिना आधार राजीनामा माग्दैन । उहाँले संसदमा उभिएर प्रधानमन्त्रीको रुपमा बोल्नु नहुने कुरा बोलेँ भन्ने अनि कसरी प्रधानमन्त्री छोड्दिन भन्न मिल्छ ? हाम्रो विजयी भयो, नैतिक रुपले हामीले आफ्ना कुरा स्थापित गरेका छौँ । उहाँले गल्ती स्वीकारेपछि उहाँ नैतिक रुपमा प्रधानमन्त्रीमा बस्नु हुँदैन ।’

नेता पन्तले गल्ती स्वीकारेपछि नैतिक रुपमा प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप