कांग्रेस नेता निधिलाई अटल मिथिला सम्मान
नयाँ दिल्ली । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि ‘अटल मिथिला सम्मान’ बाट सम्मानित भएका छन् । अटल भारत फाउन्डेसनले आइतबार साँझ भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरेको कार्यक्रममा निधि ‘अटल मिथिला सम्मान’ बाट सम्मानित भएका हुन्।
फाउन्डेसनले कला, सांस्कृतिक, राजनीतिक, सामाजिकलगायतका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वलाई हरेक वर्ष ‘अटल मिथिला सम्मान’ ले सम्मानित गर्दै आएको छ ।
सन् २००३ मा भारतका तत्कालीन प्रधानमन्त्री अटलबिहारी बाजपेयीले मैथिली भाषालाई भारतको संविधानको आठौँ अनुसूचीमा समावेश गराएका थिए । उनको निधनपछि गठन भएको फाउन्डेसनले सामाजिक, राजनीतिकलगायतका क्षेत्रमा योगदान पुर्याउने मिथिला क्षेत्रका व्यक्तित्वलाई हरेक वर्ष सम्मान गर्दै आएको छ।
यसपटक नेपालबाट कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य निधि सम्मानित भएका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस पूर्वउपसभापति निधिले भारतको स्वतन्त्रता आन्दोलनमा नेपालका नेताहरूले महत्त्वपूर्ण योगदान पुर्याएको चर्चा गरे। राजनीतिक परिवर्तनका लागि पहिले नेपालले त्यसपछि मात्रै भारतले सहयोग गरेको उनको भनाइ छ।
‘विभिन्न कालखण्डमा नेपालमा भएका राजनीतिक आन्दोलनमा भारतले हामीलाई सहयोग गरेको छ, यसमा लुकाउनुपर्ने कुरा केही पनि छैन,’ निधिले भने,‘तर, सहयोगको सुरुवात नेपालको तर्फबाट भएको हो । भारतको स्वतन्त्रता आन्दोलनमा बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधिलगायतका नेताहरूले सहयोग गर्नुभएको थियो,जेलनेल जानु भएको थियो।’
उनले नेपाल–भारतबीच वर्षौदेखिको सम्बन्ध आगामी दिनमा पनि कायम रहिरहने उल्लेख गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण