वारेस राख्न बालेनले दिएको निवेदन सर्वोच्चद्वारा अस्वीकार
काठमाडौँ । अदालतको अवहेलनासम्बन्धी मुद्दामा वारेस राख्न बालेन्द्र शाहले दिएको निवेदन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । अदालतको अवहेलनासम्बन्धी मुद्दामा व्यक्ति स्वयं उपस्थित हुनुपर्ने भन्दै सर्वोच्चले वारेस राख्ने निवेदन खारेज गरेको हो ।
मंगलबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले बालेन्द्र शाह विपक्षी रहेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा वारेस राखिपाउ भनेर बालेनले निवेदन दिएका थिए । तर अदालतले सो अदालतको अवहेलना मुद्दामा वारेसमार्फत् सुनुवाइ हुनु उचित नरहेको भन्दै बालेनको निवेदन अस्वीकार गरेको हो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन शाह) ले काडमाडौं महानगरपालिकाभित्र हिन्दी फिल्न चल्न नदिने निर्णयविरुद्ध फिल्म हल सञ्चालकहरुले हालेको रिटमा उच्च अदालत पाटनले हिन्दी फिल्म चल्न र चलाउन रोक नलगाउनु भन्ने आदेश दिएको थियो । सोही आदेशलगत्तै बालेनले राष्ट्र, राष्ट्रियता र स्वाधीनताका सवालमा कुनैपनि अदालतको आदेश वा फैसला नमान्ने अभिव्यक्ति दिएका थिए ।
बालेनको सो अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झा अदालतको अवहेलनामा रिट लिएर सर्वोच्च अदालत पुगेकी थिइन् । सोही प्रकरणमा बालेनविरुद्ध कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको थियो । सो प्रकरणमा बालेनले लिखित जवाफ बुझाएपछि सर्वोच्च अदालतबाट पेसी तोरेख लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण