बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

पर्सा राष्ट्रिय निकुञ्जको खोरमा २ वटा बाघ

बुधबार, २७ असार २०८०, ०८ : ०८
बुधबार, २७ असार २०८०

बारा । चितवन राष्ट्रिय निकुञ्जबाट उद्धार गरी ल्याइएको  पाटे बाघ पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएको छ । चितवनको मेघौली उपभोक्ता समिति अन्तर्गत पर्ने हरियाली मध्यवर्ती सामुदायिक वनबाट वयस्क भाले नियन्त्रणमा लिएपछि चितवन राष्ट्रिय निकुञ्जमा खोर अभाव कारण पर्सा निकुञ्जमा ल्याइएको हो ।  सो वयस्क भाले बाघले स्थानीय बस्तीमा पसेर घरपालुवा जन्तु खाएपछि चितवन निकुञ्जले असार २० गते नियन्त्रणमा लिएको थियो ।

‘बाघको खोर खाली नभएको तथा एक कोठाको खोर जीर्ण भएको हुँदा बाघको आवश्यक व्यवस्थापनको लागि पठाइएको छ’ चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको पर्सालाई पठाएको पत्रमा उल्लेख । यता असार २३ गते पर्सा निकुञ्जले पठाएको बाघ बुझेको छ ।

पर्सा निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले खोरमा राखिएको बाघलाई एक दिन बिराएर ५ केजी राँगाको मासु खुवाइएको छ । यसअघि पनि पर्साको ठोरीमा स्थानीय बस्तीमा छिरेर घरपालुवा जनावर खाएपछि करिब १० वर्ष उमेरको घाइते भाले पाटेबाघलाई पर्सा निकुञ्जले नियन्त्रणमा लिएर खोरमा राखेको थियो ।  हाल पर्सा निकुञ्जको खोरमा २ वटा पाटे बाघ राखिएको छ । नियन्त्रणमा राखिएका बाघलाई विभागको निर्णयअनुसार जङ्गलमा छोडिने निकुञ्जले जनाएको छ ।

n6n5

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप