पर्सा राष्ट्रिय निकुञ्जको खोरमा २ वटा बाघ
बारा । चितवन राष्ट्रिय निकुञ्जबाट उद्धार गरी ल्याइएको पाटे बाघ पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएको छ । चितवनको मेघौली उपभोक्ता समिति अन्तर्गत पर्ने हरियाली मध्यवर्ती सामुदायिक वनबाट वयस्क भाले नियन्त्रणमा लिएपछि चितवन राष्ट्रिय निकुञ्जमा खोर अभाव कारण पर्सा निकुञ्जमा ल्याइएको हो । सो वयस्क भाले बाघले स्थानीय बस्तीमा पसेर घरपालुवा जन्तु खाएपछि चितवन निकुञ्जले असार २० गते नियन्त्रणमा लिएको थियो ।
‘बाघको खोर खाली नभएको तथा एक कोठाको खोर जीर्ण भएको हुँदा बाघको आवश्यक व्यवस्थापनको लागि पठाइएको छ’ चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको पर्सालाई पठाएको पत्रमा उल्लेख । यता असार २३ गते पर्सा निकुञ्जले पठाएको बाघ बुझेको छ ।
पर्सा निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले खोरमा राखिएको बाघलाई एक दिन बिराएर ५ केजी राँगाको मासु खुवाइएको छ । यसअघि पनि पर्साको ठोरीमा स्थानीय बस्तीमा छिरेर घरपालुवा जनावर खाएपछि करिब १० वर्ष उमेरको घाइते भाले पाटेबाघलाई पर्सा निकुञ्जले नियन्त्रणमा लिएर खोरमा राखेको थियो । हाल पर्सा निकुञ्जको खोरमा २ वटा पाटे बाघ राखिएको छ । नियन्त्रणमा राखिएका बाघलाई विभागको निर्णयअनुसार जङ्गलमा छोडिने निकुञ्जले जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण