नेसपाको ६ महिने सङ्गठन निर्माण र विस्तार अभियान साउन १ देखि सुरु हुने
काठमाडौँ । नेपाल समाजवादी पार्टीले सङ्गठन निर्माण र विस्तार अभियान साउन १ गतेदेखि ६ महिनासम्म सञ्चालन गर्ने भएको छ । अभियानको सुरुवातमा साउन १ गते देशभर वृक्षारोपण कार्यक्रम सञ्चालन हुने नेसपाले जानकारी दिएको छ । वृक्षारोपणसँगै जिल्ला जिल्लामा अभियान उद्घाटन कार्यक्रम सञ्चालन हुने बताइएको छ । मंगलबार बसेको बैठकले यस्तो कार्यक्रम तय गरेको हो ।
अभियानको सुरु चरणमा प्रदेश स्तरीय प्रशिक्षण बैठक हुने बताइएको छ । जसमा कोशीमा साउन १५ गते, मधेसमा १७ गते, बागमतीमा १९ गते, गण्डकीमा २३ गते, लुम्बिनीमा २५ गते, कर्णालीमा २७ गते र सुदूरपश्चिममा २९ गते बैठक हुनेछ ।
त्यस्तै बैठकले अभियान सञ्चालनका लागि विभिन्न प्रदेशहरूमा केन्द्रीय कार्यकारिणी समितिका विभिन्न नेताहरूलाई अभियानको नेतृत्वमा चयन पनि गरेको छ । जसअनुसार कोशी प्रदेशमा हिसिला यमी, मधेस प्रदेशमा अध्यक्ष महेन्द्र यादव, बागमती प्रदेशमा गङ्गा श्रेष्ठ, गण्डकी प्रदेशमा अध्यक्ष बाबुराम भट्टराई, लुम्बिनी प्रदेशमा गोविन्द चौधरी, कर्णाली प्रदेशमा भक्तबहादुर साह र सुदूरपश्चिम प्रदेशमा दुर्गा सोव र जनक शाहको नेतृत्वमा अभियान सञ्चालन हुनेछ ।
त्यसैगरी अभियानको प्रभावकारिता अनुगमन गर्न अनुगमन समिति पनि बनाइएको छ । राजनीतिक समिति सदस्य महेन्द्र श्रेष्ठको नेतृत्वमा अनुगमन समिति बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण