सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नेसपाको ६ महिने सङ्गठन निर्माण र विस्तार अभियान साउन १ देखि सुरु हुने

विभिन्न नेताहरूलाई अभियानको नेतृत्वको जिम्मेवारी
बुधबार, २७ असार २०८०, १२ : ४६
बुधबार, २७ असार २०८०

काठमाडौँ । नेपाल समाजवादी पार्टीले सङ्गठन निर्माण र विस्तार अभियान साउन १ गतेदेखि ६ महिनासम्म सञ्चालन गर्ने भएको छ । अभियानको सुरुवातमा साउन १ गते देशभर वृक्षारोपण कार्यक्रम सञ्चालन हुने नेसपाले जानकारी दिएको छ । वृक्षारोपणसँगै जिल्ला जिल्लामा अभियान उद्घाटन कार्यक्रम सञ्चालन हुने बताइएको छ । मंगलबार बसेको बैठकले यस्तो कार्यक्रम तय गरेको हो ।

अभियानको सुरु चरणमा प्रदेश स्तरीय प्रशिक्षण बैठक हुने बताइएको छ । जसमा कोशीमा साउन १५ गते, मधेसमा १७ गते, बागमतीमा १९ गते, गण्डकीमा २३ गते, लुम्बिनीमा २५ गते, कर्णालीमा २७ गते र सुदूरपश्चिममा २९ गते बैठक हुनेछ ।

त्यस्तै बैठकले अभियान सञ्चालनका लागि विभिन्न प्रदेशहरूमा केन्द्रीय कार्यकारिणी समितिका विभिन्न नेताहरूलाई अभियानको नेतृत्वमा चयन पनि गरेको छ । जसअनुसार कोशी प्रदेशमा हिसिला यमी, मधेस प्रदेशमा अध्यक्ष महेन्द्र यादव, बागमती प्रदेशमा गङ्गा श्रेष्ठ, गण्डकी प्रदेशमा अध्यक्ष बाबुराम भट्टराई, लुम्बिनी प्रदेशमा गोविन्द चौधरी, कर्णाली प्रदेशमा भक्तबहादुर साह र सुदूरपश्चिम प्रदेशमा दुर्गा सोव र जनक शाहको नेतृत्वमा अभियान सञ्चालन हुनेछ । 

त्यसैगरी अभियानको प्रभावकारिता अनुगमन गर्न अनुगमन समिति पनि बनाइएको छ । राजनीतिक समिति सदस्य महेन्द्र श्रेष्ठको नेतृत्वमा अनुगमन समिति बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप