मन्त्रिपरिषद् बैठक
सीता दाहाललाई ‘फस्ट लेडी’ को हैसियतमा अन्तिम बिदाइ गरिने
बुधबार, २७ असार २०८०, १२ : ५०
काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति नेपाल सरकारको तर्फबाट दुःख तथा समवेदना प्रकट गर्ने निर्णय गरेको छ ।
मध्यान्न १२ बजे सिंहदरबारमा बसेको बैठकले सीता दाहाललाई ‘फस्ट लेडी’ को हैसियतमा अन्तिम सम्मान दिने निर्णय भएको मन्त्री अमनलाल मोदीले रातोपाटीलाई जानकारी दिए । सरकारकी प्रवक्ता समेत रहेको सञ्चारमन्त्री रेखा शर्माका अनुसार बैठकले दिवङ्गत दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मान स्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
कार्डियाक अरेस्टका कारण आज बिहान नर्भिक अस्पतालमा ६९ वर्षीया दाहालको निधन भएको थियो । दिउँसो २ बजे पशुपतिस्थित आर्यघाटको सम्मानसहित उनको अन्तिम संस्कार गर्ने समय तय भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण