प्रभु बैंक लिमिटेडद्वारा पशुपति क्षेत्र विकास कोषलाई गाडी प्रदान, चालकका लागि थप तीन लाख
काठमाडौँ । प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई फोहरमैला व्यवस्थापन गर्ने प्रयोजनका लागि टाटा एसको हाइड्रोलिक हपर टिपर गाडी प्रदान गरेको छ ।
बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष सुदन किरातीलाई उक्त गाडीको साँचो हस्तान्तरण गरे ।
उक्त गाडी दैनिक सञ्चालनका लागि बैंकले एक जना चालकलाई एक वर्षको पारिश्रमिक बापत रु. ३ लाख रकम समेत उपलब्ध गराउने छ ।
उक्त कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापा, कोषाध्यक्ष नारायण प्रसाद सुबेदी, कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा लगायत कोषका परिषद् सदस्यहरु तथा अन्य पदाधिकारीहरु, बैंकका चिफ मार्केटिङ्ग अफिसर मञ्जय राज पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
उक्त हाइड्रोलिक हपर टिपर गाडी प्रदान गर्ने कार्यले कोषलाई पशुपति क्षेत्र वरपरको फोहरमैला व्यवस्थापनमा सहयोग पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण