कुशल भुर्तेल र आसिफ शेखलाई गुमायो नेपालले
काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल र पाकिस्तानबीचको खेल सुरु भएको छ । टस जिती ब्याटिङको निर्णय लिएको नेपालले दुई विकेट प्रारम्भमै गुमाएको छ । नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल एक रन बनाउँदै आउट भएका हुन् ।
अर्का ओपनर आसिफ शेख पनि १२ रन बनाएर पेभेलियन फर्किए । भुर्तेल आउट हुँदा नेपालको स्कोर १४ रन थियो । आसिफ शेख आउट हुँदा नेपालको स्कोर १९ रन थियो । अहिले नेपाल चार ओभरमा दुई विकेटको नोक्सानीमा १९ रन बनाएर खेल्दैछ ।
नेपालका अर्जुन साउद पाँच रन र कप्तान रोहित पौडेल शून्य रनमा छन् । नेपालको पहिलो विकेट पाकिस्तानी बलर सहनवाज दहानीले लिएका हुन् । दोस्रो विकेट पनि उनले नै लिएका हुन् ।
नेपालको प्लेइङ—११ मा रोहितकुमार पौडेल (कप्तान), आशिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, प्रतिस जीसी, गुल्सन झा, अर्जुन साउद र पवन सर्राफ रहेका छन् ।
यसैगरी पाकिस्तानको प्लेइङ—११ मा सइम अयुब, हसिबुल्लाह, मुहम्मद आयब ताहिर, मुहम्मद हारिस, कमरन घुलम, ओमाइर बिन युसुफ, मुबासिर खान, अम्माद बट, मेहरान मुमताज, मुहम्मद वसिम र शाहनवाज दहानी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण