एकीकृत समाजवादीको सचिवालय बैठक जारी
शुक्रबार, २९ असार २०८०, १४ : २४
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ ।
कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा १२ बजेदेखि जारी बैठकमा एक वर्षे पार्टी संगठन सुदृढ अभियानको समीक्षा गर्ने सो पार्टीका नेताहरुले बताएका छन् ।
बैठकमा यो बीचमा कतिपय नेता कार्यकर्ताले पार्टी छोडेकाले उक्त स्थानमा अन्य नेताहरुलाई जिम्मेवारी दिने विषयमा समेत छलफल हुने उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।
एमालेबाट समाजवादी पार्टी गठन गर्दा साथ दिएका मुकुन्द न्यौपाने, केदार न्यौपाने, चुडामणी जंगलीलगायतले केही समयअघि पार्टी छाडेका थिए । बैठक तीन दिनसम्म चल्ने नेताहरुले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण