च्यरिटीमा दुई मन्त्रीले हेरे ‘काँडेतार’
काठमाडौँ । फिल्म ‘काँडेतार’को च्यारिटी शो गरिएको छ । शनिबार चलचित्र विकास बोर्डको हलमा गरिएको च्यरिटीमा नागरिक उड्डयन, पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँती, सामान्य प्रशासन मन्त्री अमनलाल मोदी लगायत समाजका विभिन्न क्षेत्रका अभियन्ता, विज्ञ, विद्वान, बौद्धिक समुदाय तथा युवाहरूको सहभागिता रहेको थियो ।
शोपछि बोल्दै मन्त्रीद्धयले फिल्म विषयवस्तु नेपाल र नेपालीको स्वविमानलाई उजागर गर्ने भएको भन्दै प्रशंसा गरेका थिए । फिल्म हरेक नेपालीले हेर्नै पर्ने फिल्म बनेको उनीहरुले धारणा राखे ।
सार्वजनिक प्रदर्शन अगाडि फिल्मको बारेमा भिआइपीबाट प्रतिक्रिया लिने उद्देश्यले च्यारिटी गरिएको निर्माता निर्देशक नबल खड्काले बताए ।
आगामी फागुन २५ गतेबाट देशभर सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्ममा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, बाल कलाकारहरु नादिया खड्का, सनया खड्कालगायतको अभिनय रहेको छ । फिल्मको मुख्य भूमिकामा निर्देशक खड्का पनि छन् ।
फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशन र कविराज गहतराजको कोरियोग्राफी छ । मणि थापा र दीपक शर्माको सङ्गीत रहेको ‘काँडेतार’को छायाँकार सौरभ लामा हुन् ।
तारा थापा ‘किम्भे’ र बन्दे प्रसादको सम्पादन रहेको फिल्ममा नवलसँगै माकिको राई र अञ्जु केसी निर्माताको रूपमा छन् भने कार्यकारी निर्माता नवलकी पत्नी गायिका सत्यकला राई हुन् । फिल्मको विदेशबाट पनि उच्च माग भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण