सामाजिक न्यायका लागि १६ जिल्लामा शान्ति समाजको प्रदर्शन
काठमाडौँ । देशका विभिन्न भागमा दलित समुदायमाथि भइरहेको उत्पीडन र अत्याचारविरुद्ध मानव अधिकार तथा शान्ति समाजको आयोजनामा १६ जिल्लामा प्रदर्शन गरिएको छ । छुवाछुत मानवताविरुद्ध अपराध हो भन्दै २०८० असार २३ गतेदेखि आजेसम्म शान्ति समाजका जिल्ला शाखाको आयोजनामा सुर्खेत, चितवन, सङ्खुवासभा, नवलपुर, पाल्पा, दाङ, सुनसरी, बाँके, गोरखा, रुपन्देही, काठमाडौँ, तेह्रथुम, कैलाली, नुवाकोट, मोरङ र कास्की गरी १६ जिल्लामा प्रदर्शन गरिएको हो ।
‘प्रदर्शनमा दलित समुदायमाथि भइरहेको उत्पीडन बन्द गर’, ‘दलित समुदायमाथि भइरहेको अत्याचार बन्द गर’, ‘जातीय विभेदका घटनामा दोषीलाई कारबाही गर’, ‘हाम्रो आन्दोलन : सामाजिक न्यायका लागि’ र ‘दण्डहीनता अन्त्य गर’ लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
विभिन्न कालखण्डमा राजनीतिक परिवर्तन र कानुनी व्यवस्था गरिए पनि छुवाछुत र जातीय भेदभावजस्ता मानवताविरुद्धको अपराधका घटना बारम्बार भइरहेको र त्यस्ता घटनामा संलग्न दोषीलाई राजनीतिक एवं सामाजिक संरक्षण प्राप्त भएकाले दण्डहीनता बढेको शान्ति समाजको ठहर छ । “दलित अधिकार मानव अधिकार” भन्दै सामाजिक न्यायका लागि विगत २७ वर्षदेखि अभियानरत दण्डहीनताविरुद्ध अभियान जारी राखिने शान्ति समाजका सभापति रामकृष्ण बरालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण