सहकारी संस्था नियमन गर्ने शक्तिशाली संस्था बनाउन विश्वप्रकाश शर्माको सरकारलाई ध्यानाकर्षण
काठमाडौँ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारी संस्थामा समस्या आएको भन्दै नियमन गर्नका लागि शक्तिशाली नियामक निकाय बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद शर्माले सहकारी पीडितहरु आन्दोलनमा रहेको बताए । उनले केही सहकारीकर्मीहरुका कारण देशका सयौं सहकारीहरु आलोचित भएको बताए ।
उनले भने– ‘यसलाई नियमन गर्न सरकारले एउटा शक्तिशाली संस्थाको परिकल्पना गर्नुपर्ने, सहकारी पीडितको मागलाई सम्बोधन गर्नुपर्ने, सहकारी पीडितको आन्दोलनमा आज पनि सरकारले हस्तक्षेप गरेको छ । माग पूरा गरेर समाधान गर्न आग्रह गर्दछु ।’
उनले हरेक २ वर्षमा श्रमिकहरुको ज्याला तोकिनुपर्ने व्यवस्था रहेको बताउँदैे भोलि साउनदेखि न्यूनतम तोकिनुपर्ने ज्यालाबारे सरकार, रोजगारदाता र श्रमिकहरुको प्रतिनिधिको बीचमा संवाद गरेर टुङ्गोमा पुर्याउनुपर्नेमा ध्यानाकर्षण गराए ।
यस्तै गत बैठकमा आकस्मिक समयमा विगतदेखि उठेका कुरा आएको बताउँदै त्यसमा सभामुखको कमजोरी भएको हो कि सांसदहरुले सभामुखलाई असहयोग गरेको हो भन्ने प्रश्न गर्दै त्यस्तो अवस्थामा सभामुखले रुलिङ गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण