बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

गुठीसँग सम्बन्धित जग्गाहरुको समस्या समाधान गर्न गोकुल बाँस्कोटाको माग

आइतबार, ३१ असार २०८०, १६ : ३९
आइतबार, ३१ असार २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले गुठीसँग सम्बन्धित जग्गाहरुमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

आइतबार बसेको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै उनले देशभर गुठीसँग सम्बन्धी जग्गाहरुमा समस्या रहेकाले तत्काल समाधान गर्न माग गरेका हुन् । 

वर्षौंदेखि जमिन जोतिरहेकाहरुको आफ्नो नाममा जग्गा आउन नसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै उनले भने, ‘देशैभरी गुठीसँग सम्बन्धित् समस्या छ । जसले जमिन जोतिरहेको छ, वर्षौदेखि, पुस्तौँ पुस्तादेखि तिनका नाममा बाबु, बराजु सबै बितिसके । आज पनि उनको जमिन दर्ता हुन सकेको छैन ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप