शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त गर्नुपर्छ: महामन्त्री थापा

आइतबार, ३१ असार २०८०, १८ : ३५
आइतबार, ३१ असार २०८०

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री थापाले सरकारले विश्वविद्यालय ऐन छिटोभन्दा छिटो ल्याउनुपर्ने बताएका हुन् । 

उनले भने – ‘अहिले पनि विश्वविद्यालयको ऐन ल्याइएको छैन । यो अर्थ मन्त्रालयतिर घुमिरहेको छ । सरकारले यसको महत्वलाई बुझ्न सकेन । सरकारको विश्वविद्यालय शिक्षालाई समग्रतामा हेर्ने एउटा अवसर हो । प्रदेशको सरकारलाई मागदर्शन गर्ने अवसर पनि हो । उच्च शिक्षालाई अनुसन्धानतिर कसरी लिएर जाने, पठन पाठन कसरी बदल्ने ? कतिओटा विश्वविद्यालय चाहिन्छ ? यी सबैको बारेमा हेर्ने एउटा मौका हो । विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त गर्नको निम्ति विश्वविद्यालयका प्राध्यापक, कर्मचारी लगायतकालाई दलीय सदस्यता लिन नपाउने व्यवस्था जुन अहिले छ, हामी गम्भीरतापूर्वक ती कुराहरूलाई अक्षरशः पालना गर्छौँ । कतिपय भएका कमजोरीहरूलाई सच्याउँछौ पनि ।’

उनले नेपाल विश्वविद्यालयलाई पुराना विश्वविद्यालयहरूमा जस्तै दलीय भागबन्डा हुन दिन नहुने पनि जिकिर गरे । थापाले भने,‘विश्वविद्यालयको विधेयकहरू ल्याउँदै गर्दा कार्यपालिकाले कहीँ कतैपनि, कुनै पनि बाटोबाट हस्तक्षेप गर्न नसक्ने गरीकन बदल्नुपर्छ । यही आलोकमा अहिले आएको ऐनलाई हेर्नुपर्छ । नवीन प्राज्ञिक मान्यता र दृष्टिकोणका साथमा यो आएको छ । जो समाजका व्यक्ति र व्यक्तित्वहरू यो नेपाल विश्वविद्यालय बनाउने पछाडि लाग्नुभएको छ उहाँहरू नेपाली समाजका प्रतिष्ठित नागरिक हुनुहुन्छ । पवित्र सोचका साथमा यो अवधारणा लिएर आउनुभयो । एउटा स्वायत्त, सार्वजनिक संस्थाको रूपमा यसलाई विकास गर्ने उहाँहरूले अठोट गर्नुभएको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप