एकीकृत समाजवादीको सचिवालय बैठक : ५ नेताले धारणा राख्दै
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा आज तेस्रो दिन पनि सचिवालय सदस्यहरुले बोल्ने क्रम जारी रहने भएको छ ।
उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेका अनुसार कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बिहान १० बजेदेखि बस्ने बैठकमा बोल्न बाँकी सदस्यहरुले बोलिसकेपछि अध्यक्षले सम्बोधन गरेर बैठक समापन हुनेछ ।
बैठकको पहिलो दिन सात जना सदस्यहरुले धारणा राखेका थिए भने दोस्रो दिन २ जनाले धारणा राखेका थिए । बाँकी अध्यक्षसहित ६ जना बोलेपछि मंगलबार बैठक समापन गर्ने तयारी छ । सोमबारको बैठकमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेता गंगालाल तुलाधर र विजय पौडेलले बोल्ने कार्यसूची छ ।
नेताहरुले बदलिँदो परिस्थितमा पार्टीलाई कसरी विस्तार गर्ने र आजको परिस्थिति कसरी फेस गर्ने भन्नेमा आआफ्नो धारणा राख्दै आएका छन् । त्यसबाहेक पार्टी कमिटीका रिक्त पदमा नेताहरुको मनोनयनका बारेमा समेत छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण