गोदावरीबाट ४३ वर्षीया महिला सम्पर्कविहीन
सोमबार, ०१ साउन २०८०, १५ : २३
काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–३ बाट ४३ वर्षीया महिला सम्पर्कविहीन भएकी छिन् । गोदावरी बस्दै आएकी डिम्बर कुमारी बिक असार २८ बाट हराएकी हुन् । ३ सन्तानकी आमा डिम्बर हराएको भन्दै उनका पतिले प्रहरी वृत्त सातदोवाटोमा खोजतलास गरिदिन आग्रह गरेका छन् ।
उनका २ छोरी र १ छोरा छन् । बिहीबार (असार २८) मा घरबाट निस्केर उनी नफर्केको छिमेकी सन्दीप सिंह ठकुरीले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘प्रहरी कन्ट्रोलमा पनि जानकारी गराएका छौँ ।’
परिवारको निवेदनका आधारमा महिलाको खोजी भइरहेको प्रहरी वृत्त सातदोबाटोका डिएसपी उमेश जोशीले जानकारी दिए । उनले भने, ‘खोजतलास भइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण