सुनसरी जिल्ला अदालतमा लक्ष्यको ९५ प्रतिशत मुद्दा फर्स्यौट
सुनसरी । सुनसरी जिल्ला अदालतमा लक्ष्यको ९५ प्रतिशत मुद्दा फर्स्यौट भएको छ । कुल ९ हजार ३४४ थान मुद्दामा ५ हजार ९५६ थान मुद्दा फर्स्यौट भएको अदालतले जनाएको छ ।
सुनसरी जिल्ला अदालतका श्रेष्तेदार मोहन बहादुर अधिकारीका अनुसार अदालतमा लक्ष्यको करिब ९५ प्रतिशत (९४.५०%) मुद्दा फर्स्यौट भएको हो । कुल ६ हजार ३०२ थान मुद्दा फर्स्यौट गर्ने लक्ष्य लिएकामा ५ हजार ९५६ थान मुद्दा फर्स्यौट गर्न अदालत सफल भएको हो ।
श्रेष्तेदार अधिकारीका अनुसार सुनसरी जिल्ला अदालतमा गत वर्षबाट जिम्मेवारी आएको मुद्दाको सङ्ख्या ४ हजार ४८ थान रहेको थियो । यस वर्ष ५ हजार २९६ मुद्दा दर्ता भई कुल ९ हजार ३४४ थान मुद्दा लगतमा रहेको थियो । सो मध्ये ५ हजार ९५६ थान मुद्दा फर्स्यौट भई ३ हजार ३८८ थान मुद्दा बाँकी रहेको छ ।
सुनसरी जिल्ला अदालतले दुई वर्ष नाघेका मुद्दालाई १२१ थानमा झारेको पनि श्रेष्तेदार अधिकारीले रातोपाटीलाई बताए ।
१२ जना न्यायाधीशको दरबन्दी रहेको सुनसरी जिल्ला अदालतमा हाल एक न्यायाधीश अवकाशमा गएकाले ११ जना न्यायाधीशले कामकाज गरिरहेका छन् । सुनसरीबाट न्यायाधीश हरिप्रसाद कोइरालाले १ हजार १२९ थान मुद्दा फैसला गरी जिल्लाबाट सबैभन्दा बढी मुद्दा फैसला गर्ने न्यायाधीश बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण