मन्त्रिपरिषद् निर्णय
प्रधानमन्त्री प्रचण्डको इटाली भ्रमण स्वीकृत
बुधबार, ०३ साउन २०८०, ०९ : ५८
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली जाने भएका छन् । आज बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको इटाली भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता समेत रहकी रेखा शर्माले जानकारी दिइन् ।
‘संयुक्त राष्ट्र संंघको खानी तथा कृषि सङ्गठनको मुख्यालय इटालीमा आयोजना हुने युनाइटेड नेसन फुड्स सिस्टम २०२३ स्टकटेकिङ मुभमेन्टमा सहभागी हुन सम्माननीय प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको छ’, प्रवक्ता शर्माको भनाइ छ । यो प्रतिनिधि मण्डलमा कृषि मन्त्री पनि सहभागी हुनेछन् ।
एक मन्त्रीले दिएको जानकारी अनुसार प्रधानमन्त्री प्रचण्ड साउन ६ गते प्रस्थान गरेर ११ गते फर्कने कार्यतालिका छ । समिट जुलाइ २४ देखि २६ सम्म आयोजना हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण