शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

संसदीय अभ्यासमा नयाँ छौँ, प्रक्रियामा कमजोरी भए पनि नियतमा खोट छैन : सभापति लामिछाने

बुधबार, ०३ साउन २०८०, १० : ०६
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका गम्भीर बुँदामा बहस नभएकोमा आपत्ति जनाएका छन् । 

यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले आवाज उठाउँदा कुरै नबुझी आलोचना भएको जनाए । संसदीय अभ्यासमा आफ्नो दल नयाँ भएकोले प्रक्रियामा कमजोरी भए पनि आफूहरूले उठाएका एजेन्डामा कुनै खोट नभएको दाबी गरे ।  ‘रगत उम्लिने गरी रास्वपा र हाम्रा नेतालाई गाली गर्नु हुने देश भक्त साथीहरू तथा  विज्ञप्ति, मिडिया इन्टरभ्यु र आर्टिकलहरु ठेलिरहनु भएका विज्ञज्युहरु, छातीमा हात राखेर भन्नुहोस्, यति बेला बहस के मा हुनु पर्थ्यो ?,’ लामिछानेले प्रश्न गरेका छन् ।

हेर्नुहोस् लामिछानेको फेसबुक स्ट्याटस जस्ताको त्यस्तै

रास्वपाले संसद् किन घेराउ गर्‍यो ? होला संसदीय अभ्यासमा नयाँ छौ, प्रक्रियामा कमजोरी देखिएलान् । तर केही नेपाल  ऐन लाई संशोधन गर्न बनेको विधेयक, ८० को दफा ६४ ले के भन्दैछ, पठ्नुस् त!! यस्तो गंभिर विषयलाई विषयान्तर गर्न खोजेर अरु नै विवाद तिर जवर्जस्ती मोड्न खोजेको कयौंले बुझ्नै भ्याउनु भएको छैन  कयौंले जाना जान बुझ पचाउनु भएको छ। हामीले के बोल्यौं त्यो अझै सुरक्षित छ।त्यसमा बहस अझै गरौला तर  यो संशोधनलाई ध्यान दिएर हेर्नुस् त। राजनीतिको मूलधारमा आएमा   हिंसात्मक गतिविधि माफी हुने र जुन सुकै तहको अदालतमा विचाराधीन भए पनि मुद्दा फिर्ता हुने प्रावधान  कुन कुन दल र त्यस दलका नेता कार्यकर्ताहरूलाई स्वीकार्य हुने हो ? स्पष्ट हुनु पर्छ कि पर्दैन ?  रगत उम्लिने गरी रास्वपा र हाम्रा नेतालाई गाली गर्नु हुने देश भक्त साथीहरू तथा  विज्ञप्ति, मिडिया इन्टरभ्यु र आर्टिकलहरु ठेलिरहनु भएका विज्ञज्युहरु, छातीमा हात राखेर भन्नुहोस्, यति बेला बहस के मा हुनु पर्थ्यो ?

गम्भीर विषयबाट तपाईंको ध्यान किन मोड्न खोजिँदै छ। काग लखेट्नु अघि एक पटक कान त छाम्नुस्!! यो विधेयक विरुद्ध हामी सदनमा उभियौ तर त्यसदिन सदन पुरै रोकेको भए हामीलाई आरोप लाग्थ्यो कि हाम्रा कारण मिटर ब्याज सम्बन्धी विधेयक रोकियो, जुन सोही दिनको कार्यसूचीमा थियो। विधेयक माथि छलफल त बाँकी छ थाहा छ तर हामी यो दफा हटाएर मात्र टेबुल होस् भन्ने चाहन्थ्यौँ।  समाचारहरू त बने रास्वपा झुक्कियो, झुक्कियौ होला। तर भन्नुस्,नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० मा दफा ६४ घुसाएर कसले कसलाई के का लागि झुक्याउने खेल हुदैछ। खोइ यथेष्ट  समाचार, खोइ बहस, खोइ विज्ञप्ति, खोइ अन्तरवार्ता ? यी तमाम प्रश्नको उत्तर पाए पछि रास्वपा लाई मजाले गाली गर्नु होला, रगत उम्लिने गरी। हैट।।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप