सारुकका पितासँग बयान लिँदै प्रहरी, किटानी जाहेरी दिन सुझाव
काठमाडौँ । अभिनेता सारुक ताम्राकारको मृत्यु प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीले उनका पिता सानु ताम्राकारसँग बयान लिने भएको छ । सारुक रोतोपुलस्थित आफ्नै घरमा मृत फेला परेका थिए ।
ताम्राकारको मोबाइल परीक्षण रिपोर्ट कुरिरहेको प्रहरीले सारुकका निकटस्थहरूसँग सोधपुछ गरिरहेको छ । मोबाइलको रिपोर्ट आउन कम्तीमा दुई साता लाग्ने प्रहरीको भनाई छ ।
यसअघि प्रहरीले सारुकले सुटिङ गरिरहेको ‘ह्यासट्याग माया’ का निर्देशक राजीव गुरुङ र निर्माता शर्मिला थापासँग सोधपुछ गरेर ‘कागज’ गराइसकेको छ ।
प्रहरी वृत्त मालिगाउँका अनुसन्धान अधिकृतहरूले सारुकलाई आत्महत्या गर्न ‘दुरुत्साहन’ गरिएको थियो वा थिएन भन्ने बारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।
यता, नेपाल चलचित्र कलाकार संघले सारुकका पिता सानुसँग भेटेर उनलाई यस विषयमा किटानी जाहेरी नै दिन सुझाव दिएका छन् । अध्यक्ष मोहन निरौलाले भने, ‘हामीले सुझाव दिएका छौँ । उहाँले यसबारे सोचेर निर्णय लिन्छु भन्नु भएको छ ।’
यता, रातोपाटीसँगको कुराकानीमा सानुले मोबाइल परीक्षणको रिपोर्ट आएपछि यसबारे निर्णय लिने बताएका थिए । अहिले सारुकको परिवारले मृत्युबारे ‘अनुसन्धान गरिपाऊँ’ भनेर सामान्य निवेदन मात्र दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण