कांग्रेस केन्द्रीय समिति बैठक सुरु, नेताहरूले धारणा राख्न थाले
काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा आज बिहान साढे ११ बजेबाट बैठक सुरु भएको हो । सभापति शेरबहादुर देउवाले दोस्रो दिनको बैठक सुरु भएको बताएपछि नेताहरूले धारणा राख्न थालेका छन्।
बैठकका आमन्तिम सदस्य तथा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले आफ्नो कुरा राख्न राखेका छन् । उनले भने , ‘बैठक सञ्चालन राम्रो भएको छ । राम्रै राम्रैसँग बैठक सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गर्दै छु ।’
महामन्त्रीका एजेन्डा र प्रतिवेदनमा धेरै कुरा आएको उनको भनाइ छ । मंगलबार महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक विषय, नीति महाधिवेशनको मिति, सांगठनिक कार्ययोजना र कार्यतालिका, यसअघि कार्यसम्पादन समितिको निर्णय प्रस्ताव अनुमोदन, निर्वाचन परिचालन समितिको प्रतिवेदनमाथि केन्द्रीय समितिमा छलफलको एजेन्डा छ बैठकमा पेस गरेका थिए । यस्तै महामन्त्री गगन थापाले ‘विधान कार्यान्वयन र पार्टी सुदृढीकरणका सन्दर्भमा’ कार्यतालिका पेस गरेका थिए ।
यस्तै बैठकमा नेता गोपालमान श्रेष्ठले निर्वाचन परिचालन समितिका तर्फबाट प्रतिवेदन पनि पेस गरेका थिए भने केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले अनुशासन उजुरीबारे जानकारी गराएका थिए ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसदका कामकारबाहीबारे जानकारी गराए भने आजको बैठकमा उपप्रधान एवं रक्षामन्त्री समेत रहेका उपसभापति पूर्णबहादुर खड्काले सरकारबारे बिफ्रिङ गरेका थिए । त्यसमाथि आज केन्द्रीय सदस्यले धारणा राख्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण